महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डीन तथा वरिष्ट साहित्यकार डा. टेकराज पन्तको ११ औं कृतिका रुपमा प्रबोधिनी नामक कविताकृतिको आज महेन्द्रनगरमा विमोचन भएको छ । साहित्यकार भवानी दत्त चटौटको अध्यक्षतामा होटल ओपेराको सभाहलमा भएको उक्त कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशीले प्रमुख अतिथिका रुपमा कार्यक्रमको उद्घाटन तथा प्रबोधनी कृति विमोचन गरेको हो ।
विमोचित कृतिमाथि सु.प. विश्वविद्यालयका भाषा, साहित्य तथा संस्कृति विभागका संयोजक डा. हरिशचन्द्र जोशी, सारदा विद्यापीठका उपप्राध्यापक हरिप्रसाद खतिवडा, उप. प्रा. भुवेश्वरी बडू तथा साहित्यकार कविराज भट्टले समीक्षा तथा टिप्पणी गरेका थिए । कार्यक्रममा चुडामणी जोशी, उप.प्रा. दीपक चन्द्र भट्ट, महादेव अवस्थी, डम्बर शर्मा बडु, जगदीश ओझा, रमेश पन्त मीतबन्धु, कृष्णकान्त चटौत, प्रेमप्रकास कलौनी, चन्द्रकला पन्त, हरिश प्रसाद जोशी, लक्ष्मी प्रसाद भट्ट लगायत सुदूरपश्चिमका साहित्यकार तथा विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । यससँगै विभिन्न कवि साहित्यकारहरुले डा. पन्तका कविताहरुको वाचन गरेका थिए । कार्यक्रममा कृतिकार डा.टेकराज पन्तले आमन्त्रित अतिथिहरुलाई स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन साहित्यकार तुलसी पण्डितले गरेका थिए ।
.gif)