महेन्द्रनगर । आफु त हरकोही हास्छन तर अरु लाई हसाउने थोरै मात्र हुन्छन । तिनैमा एक हुन लवदेव जोशी । बैतडीको पाटन नगरपालिका ६ का लवदेव जोशी हरकोहि ब्यक्तिलाई हसाउनमा माहिर छन । सानै देखि अरुलाई हसाउने कला भएका जोशी एउटा सफल व्यवसायी पनि हुन ।
आफ्नो घरमा आउने इष्टमित्र , साथिभाई हुन या आफ्नो पसलमा आउने ग्राहक हरकोहिलाई मनोरञ्जन गराउँछन । ३ बर्ष अघि देखि मात्रै टिकटक बनाउन सुरु गरेका जोशी बिशेष गरी डोटेली भाषामा टिकटक बनाउँछन । सुरुसुरुमा आफुले टिकटक बनाउँदा परिवार बाट लुकिछिपि बनाउने गरेको उहाँ बताउनुहुन्छ । “पसलमा बस्दा खाली समय भयो भने टिकटक बनाइँ हाल्थे” ( उहाँले भन्नु भयो ) । आफ्ना कुराहरुले अरुलाइ मनोरञ्जन गराई हाल्ने उहाँ नाच्न र एक्टिङ् गर्नमा पनि त्यतिकै माहिर छन । लवदेव जोशी भन्ने बित्तिकै पाटनका स्थानीय हँसिला र रसिला व्यक्तिका रुपमा लिने गरेका छन ।
उहाँका कुरा र एक्टिङ् देखेर बच्चा देखि वृद्ध सम्म सबै जनाले उत्तिकै मनोरञ्जन गर्दछन । दुई छोराका बुबा बनिसकेका उनि घरमा श्रीमती छोरा र आमा बुबा लाई समेत आफ्नो कलाले उत्तिकै मनोरञ्जन गराइरहेका हुन्छन । सानै देखि कला क्षेत्रमा रुचि भएका जोशीले पछिल्लो समयमा आफुले टिकटक बाट राम्रै सफल्ता प्राप्त गरेको बताउनु हुन्छ । “मैले आजभोली नै एउटा देउडा गीतमा भिडियो सुटिङ पनि गरेको छु ” (उहाँले भन्नुभयो ) । आजकल कैलाली कञ्चनपुरका केहि व्यसायीहरु र संघसंस्थाहरुले समेत डोटेली भाषामा बिज्ञापनको भिडियो बनाउनको लागी अफर गरिरहेकोे बताउनु भयो ।
मध्यमवर्गीय परिवारमा हुर्किएका उनि टिकटकले आफुभित्र रहेको कलालाई बाहिर प्रस्फुटन गरेको र कलाक्षेत्रमा प्रवेश गर्ने आफ्नो रहर टिकटकले पुरागर्ने आशा पलाएको बताउनु हुन्छ । अहिले अधिकांश मानिसहरुले टिकटकलाई पैँसा कमाउने सजिलो बाटोको रुपमा लिने गरेपनि आफुले भने मिडिया र शन्देस का साथै व्यक्ति भित्र रहेको कला बाहिर ल्याएर अवसर दिलाउने एपप को रुपमा टिकटक लाई लिने गरेको बताउनु हुन्छ । जोशीको लागी टिकटक मनोरञ्जनका साथै आम्दानीको स्रोत समेत बनेको छ ।
.gif)