शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

गर्भवती र सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स


पश्चिम प्रेस
आइतबार, भदौ १९ २०७९
  • 736
    Shares

  • images
    images
    गर्भवती र सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स

    महेन्द्रनगर ।  कञ्चनपुरको भीमदत्त नगरपालिकाले गर्भवती र सुत्केरी महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ ।
     शनिबार महाकाली प्रादेशीक अस्पतालमा एक कार्यक्रमका बीच सेवाको शुभारम्भ गरिएको हो ।  सेवा सरस्वातको पहिलो दिन दुई जना सुत्केरी महिलाले सेवा पाएको भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताउनुभयो । “एम्बुलेन्स भाडा तिर्न नसकेर घरमै सुत्केरी हुँदा कतिपय आमा र शिशुको जयान गएको खबर हामीले सुन्ने गरेका छौ ।” उहाँले भन्नुभयो(“नगर भित्रका विपन्न वर्गले पैसा अभावकै कारण स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस भन्ने उदेश्य सेवा सुरु गरेका हौ ।” 
     नगर उप(प्रमुख निलम लेखक जोशीले निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुसार निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको बताउनुभयो । “निर्वाचनका बेला जनतामाझ गरेका बाचाँ अनुसार यो सेवा सुरु गरेका हौ ।” उहाँले भन्नुभयो(“यो सेवा निरन्तर रुपमा चल्छ यसैगरी निर्वाचनका बेला गरेका अन्य बाचा पनि पुरा गर्छौ ।”भीमदत्त नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशीले नगरपालिका संग एउटा मात्रै एम्बुलेन्स भएकाले महाकाली प्रादेशीक अस्पताल,नेपाल रेडक्रस सोसाइटी,परिवार नियोजन संघसंग भाडामा एम्बुलेन्स लिने सम्झौता गरेको बताउनुभयो । “सुत्केरी र गर्भवती महिलालाई अस्पता ल्याए र घर पुर्याए वाफतको रकम नगरपालिकाले भुक्तानी गर्छ ।” उहाँले भन्नुभयो(“यसले विशेष गरेर विपन्न समुदायलाइ सहयोग पुग्ने छ ।” 


  • सम्बन्धित विषय:

  • # भीमदत्त नगरपालिका
  • # गर्भवती र सुत्केरी
  • # नि:शुल्क एम्बुलेन्स
  • प्रतिक्रिया दिनुहोस