मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

सवारी ज्यान मुद्दामा फरार मन्त्रीका छोरा पक्राउ


पश्चिम प्रेस
सोमबार, पुस १९ २०७८
  • 717
    Shares

  • images
    images
    सवारी ज्यान मुद्दामा फरार मन्त्रीका छोरा पक्राउ

    महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीका छोरा पक्राउ परेका छन ।
    जिल्ला प्रहरी कार्यालय कैलालीले आइतबार सवारी ज्यान मुद्दामा फरार रहेका २३ वर्षीय बबी सोडारीलाई पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    गत पुस २ गते कैलालीको टीकापुरमा सोडारीले चलाएको बा. ०१०२५च ६६५५ नम्बरको गाडीको ठक्करबाट पैदल यात्री ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन । न्यौपानेको उपचारका क्रममा मृत्यु भएको थियो । घाइते न्यौपानेको उपचार खर्च व्यहोर्ने सहमति गरेर सम्पर्कमै रहेका सोडारी मृत्युपछि भने सम्पर्कविहीन भएका थिए ।


    प्रतिक्रिया दिनुहोस