आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

अनुहारमा आएका डन्डिफोर हटाउने घरेलु उपाय 


पश्चिम प्रेस
बिहीबार , असोज ६ २०७९
  • 1.2K
    Shares

  • images
    images
    अनुहारमा आएका डन्डिफोर हटाउने घरेलु उपाय 

    महेन्द्रनगर । आफु सुन्दर देखिन हरकोहि व्यक्ति चाहन्छ । अनुहारमा आएका डन्डिफोर ले अनुहार लाई कुरुप देखाइरहेको हुन्छ । अनुहारमा डन्डिफोर आउने मुख्य कारण धुलो धूँवा, प्रदूषणको सोझो असर अनुहारको छालामा पर्नु पनि हो । खासगरी किशोरवयमा अनुहारमा डन्डिफोर आउने समस्या बढी हुन्छ । यसको दाग रहने भएकाले अनुहारको सौन्दर्य फिका बनाइदिन्छ । हाम्रो छालामा स(सना रोम(छिद्र हुन्छ ।

    त्यही तेल ग्रन्थी ब्याक्टेरियाले ग्रस्त हुन्छ । र, स-सना फोका उठ्ने, घाउ बन्ने जस्ता समस्याहरु पनि देखा परेका हुन्छन । अनुहार बाट डन्डिफोर हटाउनको लागी मसुरोको दाल पनि उपयोगी मानिन्छ । यसका लागी मसुरोको दाललाई पानीमा भिजाएर पिस्नुपर्छ । उक्त पेस्टमा एक चिम्टी बेसार मिलाएर अनुहारमा लगाउनाले पनि डन्डिफोर अनुहार बाट हटाउन सकिन्छ । त्यसैगरी मह एक उत्कृष्ट उत्पादन हो, जसले डन्डिफोरबाट तुरुन्तै आराम दिन्छ । महमा कपास डुबाएर डन्डिफोर भएको स्थानमा लगाउनुपर्छ । आधा घण्टापछि मनतातो पानीले पखाल्नुपर्छ ।

    सौन्दर्यका लागि कागती उत्कृष्ट विकल्प को रुपमा मानिन्छ । यसमा भिटामिन सी पाइने भएकोले कागतीको रस प्रयोग गरेर अनुहार सफा गर्दा डन्डिफोरबाट छुटकारा पाउन सकिन्छ । आइसक्युब अर्थात् बरफ पनि डन्डिफोर हटाउनमा उपयोगी हुन्छ । आइसक्युबले आफ्नो अनुहारमा रगड्नुपर्छ । यसले डन्डिफोर भएको स्थानमा रक्तसंचार तीव्र हुन्छ  र अनुहार बाट डन्डिफोर छिटो हट्न जान्छ । गोलभेँडामा पाइने तत्व छालाका लागि लाभकारी हुन्छन्। गोलभेँडाको रस अनुहारको छालाभित्रैसम्म पुग्ने गरी लगाउनुपर्छ । गोलभेँडामा पनि कागतीजस्तै धेरै फाइदाजनक तत्व पाइन्छन् जसले डन्डीफोर हटाउन मद्दत गर्छन् र छालालाई चम्किलो बनाउँछन्।


  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • प्रतिक्रिया दिनुहोस