बझाङ्गको हिमाली भेग साइपाल गाउँपालिकाबाट भेडा÷च्याङ्ग्रा लिएर बिक्रीका लागि पोखरातर्फ जाँदै गर्दा कैलालीको खानीडाँडामा भेटिएका साइपाल गाउँपालिका–१ का देवेन्द्र बोहरा । बझाङ्गबाट हरेक बर्ष दसैँअघि बिक्रीका लागि भेडा÷च्याङ्ग्रा पोखरा, काठमाडौँलगायतका क्षेत्रमा लग्ने गरिएको छ । च्याङ्ग्रा व्यापारीहरु माग अनुसार बाटोमा समेत बिक्री गर्दै पोखरासम्म पुग्ने गरेका छन् । तस्बीरः शेरबहादुर सिंह/रासस