रवि ढल्यो बतास चल्यो, रूखै ढाल्ला जस्तो
चिसोयामको तातो बतास, आगो बाल्ला जस्तो
लाग्न थाल्यो अब बतास , पक्कै छापामार हो
कस्को बतास फुस्कने हो थाहा पाउनै गाह्रो
उत्तर दक्षिण कुन्नि कता, पूर्व पश्चिमबाट
आँधिसरि चल्यो बतास, सर्र फाँटैफाँट
झबतासञले उडाइ लैग्यो, यति ओम्नि सारा
धुलो उड्यो नारायणहिटी, नुवाइ धुवाइ रारा
उहिले बेच्यो महाकाली , अहिले सेती ठेका
अव्बल ठिटाठिटी भन्छन्, प्रमाण काँ छ देखा
हेर्नेलाई नै लाज लाग्छ, नाङ्गाहरु हिड्दा
थाकिसके जनता रुदैँ, छाती पिट्दा पिट्दा
खाए गाडी खाए जहाज, कारखाना खाए
खानु खाए नखानु नि, सोह्रै आना खाए
उस्तै कुरा समाचारमा, वासी होस् या ताजा
जग्गा जमीन दरबार, भए यिनका खाजा
बचाउनु छ कसैलाई , प्रियसीको लाज
हेर्दाहेर्दै दिउँसै घिच्यो, नेपालको ताज
नारायणहिटी बतास् चल्यो, सुरूङ भित्रै पुग्यो
बतासले गर्दा उसलाई, दुख्नसम्म दुख्यो
श्लेशमान्तक वनको बाटो, पशुपतिमा सर्र
बतास चल्यो कस्तो भ्रष्ट, रातो झण्डा फर्र
बतास यति ओम्नी चल्यो, ञसिओटुझ फालेर
कस्को खल्ती छिर्यो कुन्नि, पँलेटी मारेर
बतास भित्रैसम्म पस्यो, ञबिण्नोझ होस कि ञपारोझ
बतास बिना मानिसको, जीवन धान्नै गाह्रो
के भयो खै देशलाई कुन्नि १ राकस भए राजा
जनता उठे बज्ने थियो, यिनको बैण्ड बाजा
.gif)