शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

धार्मिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण बामुनी झाल 


सोमबार, पुस २६ २०७८
  • 832
    Shares

  • images
    images
    धार्मिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण बामुनी झाल 


    बैतडी जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल ग्वाल्लेक केदारको धुरामा धेरै पहिले जाँत (मेला) हुने गर्दथ्यो । जाँतमा एक जना बाहुनीको खुट्टामा जुकाले खाएपछि रगत बगेछ । रगत बगेको देखेर मानिहरूले उसलाई तिमी त रजस्वला भएकी रहेछौ, तीर्थस्थलमा किन आएकी भन्न लागे । उनले जुकाले खाएको हुनाले रगत बगेको भन्दा कसैले पनि नमानेपछि ग्वालेक तीर्थ स्थलमै यदि मैले सत्य बोलेकी भए यही ग्वाल्लेक केदारसँगको भाग पाउँ, यो ठाउँमा आजदेखि जुका पनि नहुन र जात पनि बन्द होस् , यदि मैले झुटो बोलेको भए नर्कमा जाउँ  भनेर आत्महत्या गरेको र बाहुनीले सत्य बोलेको हुनाले ग्वाल्लेक केदारसँगै उहाँको पनि पूजा लाग्ने गर्दछ । ग्वालेकको धुरा वरिपरी आजभोलि जुका पनि नलाग्ने र जाँत पनि त्यही दिनदेखि बन्द भएको किंवदन्ति छ । सत्य बोलेको हुनाले ग्वाल्लेक केदारमा पूजा लागेको दिन बामुनी आमाको पनि पूजा हुने गर्दछ । 
    तिनै बामुनी आमाको प्राचीन मन्दिर झाल ग्वाल्लेक धुराको काख दशरथचन्द नगरपालिकाको ग्वानि गाउँमा अवस्थित छ । माथिपट्टी पहाडको टुप्पोमा ठूलो मैदान छ, जसलाई देप्त्या बुङो भनिन्छ । चौतिर ठूला ठूला घुइला रुखहरु बिचमा पवित्र गंगा त्यसको छेउमै प्राचीन पानीको न्वालोले यस झालको सुन्दरता बढाउको छ । यस मन्दिरमा प्राचीन घण्टी, तामाका छात तथा गाईका मुर्तिहरु रहेका छन् । भक्तजनहरुले मन्दिरमा चढाएका सेता तथा पहेला कपडाका ध्वजाहरुले अझ सुन्दरता थपेको छ । ग्वानिमा रहेको ग्वाल्लेक केदारको पूजा लागेको दिन बामुनि आमाको पनि पूजा लाग्ने गर्दछ । यो क्षेत्र धार्मिक तथा प्रकृतिक सुन्दरताका हिसाबले महत्वपूर्ण पर्यटकीय गन्तव्य हो ।  




    प्रतिक्रिया दिनुहोस