महेन्द्रनगर । ३००औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सेनाले एकीकरण पदयात्रा थालेको हो । पुस २१ गते गोरखाबाट सुरु भएको सात दिने पदयात्रा मार्गमा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाको तत्कालीन पुराना ५ वटा युनिटको झण्डा र टर्चसहित गोरखामा तैनाथ नेपाली सेनाको रिपुमर्दनी गणबाट ऐतिहासिक सैनिक पोशाक तथा परम्परागत बाजागाजासहित हिँडेको टोलीले धादिङ हुँदै नुवाकोटको साततले दरबार, ककनी हुँदै सोमबार नुवाकोट र काठमाडौं सिमाना पुगेको छ ।
.gif)