शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बहुमूल्य रत्न हीरा बारे केही जानकारी


बुधबार, कात्तिक १६ २०७९
  • 975
    Shares

  • images
    images
    बहुमूल्य रत्न हीरा बारे केही जानकारी


    हीरा एक बहुमूल्य पत्थर हो । वर्तमान आधुनिक युगमा हीरालाई सबैभन्दा महत्वपूर्ण रत्नका नामले लिने गरिन्छ । मूल्यका हीसाबले सबैभन्दा महङ्गो पर्ने भएकाले यसलाई बहुमूलय रत्नका नामले पनि चिन्ने गरिन्छ । यो मूल्यका कारण मात्रै नभएर रत्नहरुमा सर्वश्रेष्ठ गुण भएको रत्न पनि हो । यसै कारण अति महत्वपूर्ण एवम् विशेष गुण भएका मानिसलाई उपमा दिदा पनि हीराको उपमा दिने गरेको पाइन्छ । रत्नहरुमध्ये लगभगल ८० प्रतिशत भन्दा बढ िबजार लिने गरेको हीरा पृथ्वीको अति गइराइमा मिल्ने गर्दछ । विशेष गरी पृथ्वीको भित्री सतहमा अत्यधिक दवाबका कारण ११०० देखि १३०० डिग्री सेन्ट्रीग्रेड तापमान हुँदा निस्किने ज्वालामुखीले हीरालाई पृथ्वीको सहतमा चम्किलो धातुका रुपमा बाहिर निकान्ने गर्दछ । हीरा अति कडा धातु भएकाले यसलाई काट्नका लागि तथा आवश्यक आकारमा ढाल्नका लागि हीराकै औजारहरको आवश्यकता पर्दछ । अन्य धातुका औजारले हीरालाई काट्न सकिदैन । सल्फ्युरिक एसिडले हीरालाई २०० डिग्री सेल्सियस तापमानमा कार्बन्डाइअक्साइडमा बदल्न सक्दछ । हीरालाई चिन्नका लागि हीराजस्तै गुण भएको मानिसले मात्रै सिचन्न सक्छ । यसलाई चिनने प्रमुख आधार यसमा भएको चम्किलोपन अथवा प्रकाश नै हो । यसका एक्सरे जस्ता हानीकारक किरणहरुको पनि प्रभाव पर्दैन । हीरा पृथ्वीको भित्री भागमा जहाँसुकै पाइने भए पनि विशेष गरी दक्षिण अमेरिका, रुस, नामीबिया, ब्राजिल तथा एसियामा बढी मात्रमा उत्खनन हुने गरेको पाइन्छ । हीरा एक सुद्ध स्फटिकजस्तै देखिने गर्दछ । हीरालाई आभुषणका रुपमा प्रयोग गरिने भए पनि यसको विशेष उपयोग भने वैज्ञानिक तथा स्वास्थ्योपचार जस्ता महत्च्वपूर्ण कार्यहरुमा गर्ने गरिन्छ । बहुमूल्य हतियारहरुमा धार लगाउनका लागि पनि हीराको प्रयोग गरिदै आएको पाइन्छ ।  हीरा काँचजस्तो सेतो पहेलो, रातो, वैजनी, निलो आदि विविध रङमा पाउन सकिन्छ तर यिनीहरमध्ये रंगहीन हीरा सबैभन्नदा महत्वपूर्ण हुने गर्दछ र यो मूल्यका दृष्टिले पनि अत्यन्त महंगो हुने गर्दछ । ड्रेसन, होप, कुलिनन, सेनसी, टिफैनी, कोहिनूर, क्युलीनन, नासक, शाह, फ्लोरेन्टाइन आदि हीराका प्रकारहरु हुन । ज्योतिष विज्ञानमा पनि हीरालाई विशेष महत्वको रत्नका रुपमा लिइने गरिन्छ । विभिन्न ग्रहहरुको दुस्प्रभावबाट बच्न र विभिनन रोगहरुको उपचारका लागि रत्नका रुपमा हीरालाई धारण गर्ने प्रचलन रहेको पाइन्छ । हीरालाई विशेष गरी औठीमा पत्थरको रुपमा लगाउने गरिन्छ । विभिनन राजा महाराजाहरुले पनि हीराका आभुषणहरु लाउने धारण गर्ने कुरा इतिहास तथा पुराणहरुमा सुन्न पाइन्छ । हीरालाई राजा महाराजाहरुले लाउने मुकुटमा पनि विशेष महत्वका साथ लगाइने गरिन्थ्यो । यसरी समग्रमा भन्नुपर्दा हीरा एक बहुमूल्य रत्न हो । यो विभिन्न किसिमका आभुषण, हातहतियार, वैज्ञानिक आविस्कार, उपचार तथा धार्मिक सांस्कृतिक रुपमा प्रयोग गरिएको पाइन्छ ।  


  • सम्बन्धित विषय:

  • # हीरा
  • # रत्न


  • प्रतिक्रिया दिनुहोस