महेन्द्रनगर । सुदूरपश्चिमाम कोरोना संक्रमणको दर बढ्न थालेपछि कञ्चनपुर र कैलालीका सिडिओले आदेश जारी गरेका छन ।
कोरोनाको रोकथाम, नियन्त्रणका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस एवं गृहमन्त्रालयको निर्णय, सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी आदेश जारी गरिएको हो ।
बुधबार जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले कोराना रोकथामका लागि विभिन्न निर्णय गरेको हो । सरकारी निकाय, निजी संघसंस्था, व्यवसायीले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गराउनुपर्ने र माघ ७ गतेदेखि अनिर्वाय रुपमा सार्वजनिक स्थान तथा सरकारी कार्यालयमा प्रवेश गर्दा कोभिड खोप लगाएको हुनुपर्ने निर्णय गरिएको छ ।
यसैगरी २५ जना भन्दा बढी सहभागी हुने खालका कार्यक्रम गर्न पाइने छैन । भने विद्यालय पनि बन्द हुनेछन । सार्वजनिक स्थान होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायतमा जाँदा आगामी माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राखेको हुनुपर्ने आदेशमा उल्लेख छ । त्यसैगरी सुदूरपश्चिमका बैतडी लगायतका जिल्लाहरुमा पनि कडाई गरिएको छ ।
.gif)