शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

इतिहास प्रसिद्ध शोभा रावतको भड़ामा स्थित कथावस्तु


मंगलबार, कात्तिक २२ २०७९
  • 949
    Shares

  • images
    images
    इतिहास प्रसिद्ध शोभा रावतको भड़ामा स्थित कथावस्तु

    प्राकृतिक सुन्दरताले भरिपूर्ण कुलौली गड़मा रनि रावतको राज्य हुन्छ । रनि रावत आफ्ना सेना सहित मेलाउदेउसँग युद्धका लागि गएका हुन्छन् । साँझपखको समयमा सेनाको लावालस्कर रनि रावतको घरमाथिबाट आइरहेको हुन्छ । आँगनमा रहेको ओखलमा रानी मोतिमा धान कुट्दै गरेकी हुन्छिन् । उनकी आमा बैरागशीला हातमा कुच्चो समातेर उछिट्टिएका धान ओखलमा लगाउँदै गरेकी हुन्छिन् । माथि बाटोमा हिडिरहेको सेनाको लस्कर देखेपछि बैरागशीलाले आफ्नो छोराको बारेमा सोधिन । उनले युद्धबाट फर्किएका सिपाइहरुलाई मेरो छोरा देख्नुभएको थियो कि ? छोरा कतिबेला आउँछ ? भनेर सोधिन ।  रनिरावत मेलादेउसँगको युद्धमा मरिसकेकाले केही सिपाहीहरुले सत्य कुरा लुकाएर तपाइको छोरा पछिपछि घोडामा चढेर पान चपाउँदै आउँदैछ भने । तिनीहरु गएपछि दोस्रो फौँज आयो । तिनीहरुलाई पनि छोराको बारेमा सोध्दा पछिपछि आउँदैछ भने । तेस्रो फौज आयो, तेस्रो फौजले पनि सत्य कुरा लुकाएर  रनि रावत बिरामी परेको, उनको पेटमा झाल उठेको कुरो बताउँछन् । उनीहरुले रनि रावतले आमालाई ओखती पठाइदिन भनेका छन् भने । आमाले कस्तो ओखती भनेर सोधिन । उनीहरुले सम्भव नै नभएको आकाशबेलीको जरो, पत्तालबाट इन्नराइनको फल, तिमुलीको फूल, मरुभूमिको माछो, टोटी नवालीको पानी, सात समुद्रको फिन, हात्तीको पाउको माटो, बैली गावडीको दुध, बैली पौणीको घिउँ आदि ओखती मगाएको छ, यति ओखती मिलेमा मात्रै तपाईंको छोरा बाँच्ने छ भने । सिपाहीहरुको साङ्केतिक कुरा सुनेपछि बुढी बैरागशीलालाई शर्पको कम्मरमा लट्ठी हानेजस्तै हुन्छ । उनी छोरा मरेको थाहा पाएपछि चानी चुटी चुटी विलाप गर्न थाल्दछिन् । मेरो छोरा तिमी सत्रुको देशमा किन गयौ ? अब यो पटहरी खलोमा को बस्ला ? तिमीले जस्तै गरी न्यास निसाफ कसले गर्ला ? तिम्रो जस्तै मधेुमा पाइने गोट्वा तमाखु कसले खाला ? आदि आदि प्रश्न गर्दै रोइरहन्छिन् ।
    यसरी बुढी बैरागशीला विलाप गरिरहेकै थिइन, त्यही बेला एक फौज अर्को आयो । भुत्या, भाला, खुकुरी लगायतका हातहतियार सहित उक्त फौज कुलौलीगड़मा पुग्यो । उक्त सिपाइहरु कोही रगतले राता भएका थिए भने कोही पसिनाले भिगेका थिए । ती सबै रनि रावतको घरमा पुग्छन् । त्यही बेलला मेलादेउ हातमा भुत्या लिएर ओखल कुट्दै गरेकी रानी मोतीमा नजिक जान्छ र ठूलो स्वरले भन्छ ओ रानी मोतीमा ? यसरी  सिधै आफ्नो नामले बोलाएपछि रानी झसङ्ग हुन्छिन्, मेरो श्रीमानले समेत यसरी मेरो नाम लिएर बोलाउँदैन थे, यस्तो संस्कारहीन तिमी को हौ ? भनेर भन्छिन् । 
    म मेलादेउ हुँ, म तपाईको लागि आएको हुँ, तपाईले मेरो कलोनीमा जानुपर्छ । तिमी मेरी हौ, रनि रावतले तिमीलाई जबरजस्ति म बाट खोसेर ल्याएको थियो, मैले रनि रावतलाई मारिसके, अब तिमीले मसँग जानुपर्छ भने । 
    रानी मोतिमाले म गर्भवती छु, छ महिनाको गर्भ मेरो पेटमा छ, मलाई नलग भन्दछिन् । यस्तैमा केही बेर बिवाद पर्दछ । मेलादेउसित आएका सिपाहीहरु पनि कोही लग्ने कोही नलग्ने भनेर विाद गर्दछन् । उनीहरु भन्दछन्, यसबाट जन्मेको बच्चालाई लमड्या, पेटमुल्या आदि भन्लान् भन्दछन् । रानी मोतीमाले पनि यही कुरा दोह¥याउँछिन् । जसले जे भन्दा पनि मेलादेउ मान्दैनन् र अन्त्यमा मोतीमा रानीको पेटमा खन्जर हानेर गर्भ तुहाइदिन्छन् र रानी मोतिमालाई आफ्नो कलोनीमा लगेर जान्छन् ।  क्रमशः    


  • सम्बन्धित विषय:

  • # शोभा रावत


  • प्रतिक्रिया दिनुहोस