शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

अन्धविश्वास भितरीको विश्वास


आइतबार, कात्तिक २७ २०७९
  • 876
    Shares

  • images
    images
    अन्धविश्वास भितरीको विश्वास

    नाना छन्ज्याँ घरका अघाडिबाटा आइबरे कौवा बास्याबरे हमुन सरबस कौवा सरबस मेरी दिदी औन्छी सरबस भणिबरे कौवालाई सोदन्थ्यो । कौवा मालथाइ आइबरे बासिदिया कोइ इष्टमित्तुर औन्ना र निकोनिको खानपाएलो भणि खुप हौसिरन्थ्या । कसैदिन कोइ आइलै झान्थ्या न आया दोसरादिन कौवा बासलो भणि आसा लागिरन्थ्या । इजाबुबा लै आज त कौवा बास्साछ ला र्यान रे को औन्या ब हन रे कुटनी पिसनी लै गरेको केइ नाइथिन भणि चामल, गउ पिस्या, दउन खोज्या जसा काम गरिराखन्थ्या । तसेइ कभै सुइना धेक्याबरे इसो सुइन भयो रे एइको फल कि हो भणि सोद्या, आफूइलै अठकल लौन्या गरन्थ्या । निककरी जाणेइजनि सुइना अन्सार शयाना मान्स आब इसो ब हन्छकि कसौला, मुइ इसो सुइन होइरैछ रे भणन्थ्या । बाँच्छा मतक्र्याबरे पानी हन्या ब हो कि भणन्थ्या, आँखा पुरायाबरे निको गट्टो कसो हन्या हो भणि भण्न्थ्या । तसेरी स्यापले चारो मुख हाल्यो धेक्या रे लड्डारया स्याप धेक्या त केइन केइ कष्ट जरुर हन्या हो भणि डर माणि राखन्थ्या । हमरा पुर्खानले अफनि जिन्धगीमाइ  भयाका घटनाका आधारमा कसो हुनोइ औन्नाछ रे आबलै इसो होलो भणि अन्दाज लाइराखन्थ्या । यसाइ अन्दाजुनथाइ लोकविश्वास भण्णान । हमरा लोक विश्वासुनमा वैज्ञानिकता नभयालै केइ भौत सत्य भण्या हुन्थ्यो । मान्सुनकोविश्वास त हो विश्वास गर्या ढुङाइमालै भगवान हुनान नगर्या साँच्ची भगवान मुखैनी आयालै केइन हुनो । हमरा इजाबुबा हिच्की लागन्ज्या आफ हैटाढा रया चेलाचेलीनले सम्ज्यो भणि रुन्थ्या रे मेरा चेला चेलीनले सम्ज्यो भया रोकिझा भन्थ्या, हिच्कीलै रोकिझान्थी । खानाइ पकन्ज्या आगो भुराया बरे लै तसेरी नउ पाडन्थ्या, आगो भुरानो रोकिझान्थ्यो । अइलका मान्सुनले तैखाइ अन्धविश्वास भण्यालै हमरा पुर्खानको असली विश्वास तोइ थ्यो । देप्तानका माणुको भबुत पोको पाडीबरे उसैका विश्वासले अफना कल्जाका टुकुडा चेलाचेलीनलाई परदेश लौन्थ्या । परदेशमाइ केइ असजी भया अफना कुल्या नाम सम्जीबरे एइ भबुत लाएइबा सप असजी आफूइ टललो भन्थ्या । हममाइलै तो विश्वास हन्थ्यो रे केइ सजअसज भया एकफेर हेमाटी, हेकुल्या भन्थ्या रे तोइ भबुत लाइदिन्थ्या, तसैले सप बाटा खुलिलै झान्थ्या । अच्याल मान्सु तैखाइ अन्धविश्वास भण्णान । मुइलाइ लागन्छ जैमा हम विश्वास गद्दु ऊ सप विश्वास हो रे जै मा हृदयबठे विश्वास गद्द नाइसक्का उइले केइ फाइदा नाइगद्दो ऊ अन्धविश्वासुइ हन्छ । जइ भबुतका आसरा हम देश परदेश देश परदेश केइ नडरी खेलिखाइ आया ऊ कस्या अन्धविश्वास होलो । उइले हममा उजा बडुन्थ्यो, साहस बडुन्थ्यो रे हमलाई सपैतिर सित लड्या शक्ति मिलन्थी । ऐत त उनुइ देप्ता, उइ भबुत, हमरा उनुइ इजाबुबा उनुइ कुरडि केइमा विश्वास गद्दा त नाइ रे पुइ तै ले कि काम गरन्छ । जब हम विश्वास गद्दा नाइ त अन्धविश्वास नहोइ कि होलो । उनदिनुनका तै अन्धविश्वासमाइ लै कति विश्वास थ्यो रे तसै विश्वासले हम कति हर्काइलाहोइरन्थ्या । हमरी भावना कसी थि सप हमरो विश्वास रे भावना ऐलका अन्धविश्वासले खाइदि ।  




    प्रतिक्रिया दिनुहोस