बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

नेपाली लघुकथा मानवता


आइतबार, माघ २ २०७८
  • 958
    Shares

  • images
    images
    नेपाली लघुकथा मानवता


    साउने दाइले छ महिनापछि बल्ल मजदुरी पाएछ। बागफाँटाकाे नहरछेउमा छाप्राे बनाएर बर्षाैदेखि बस्दै आएकाे मजदुरी गरेर खाने दुईवटा बच्चाकाे बाउ र एउटा श्रीमतीको पाेइ साउनेले काेराेनाकालकाे छ महिनासम्म लकडाउन पायाे ,भाेक पायाे । राहत उसको भागमा छदैं थिएन। राहत बाँडेको , सामाजिक सञ्जालमा फाेटाे खिचेर हालेकाे हेर्नलाई उससंग माेबाइल नै थिएन । भाेटका लागि मात्र जन्मेको साउनेलाई वडा सदस्य, अध्यक्षले चिन्न छाडिसकेका हुनाले राहत दिने कुरै भएन्। कुनै पराेपकारी संस्थाकाे ध्यानाकर्षण पनि साउनेले अाफुतिर पार्न नसकेकाे अवस्था थियाे।दस कठ्ठामा अधिया लगाएकाे खेतीपातीकाे भराेसामा छ महिना काट्याे । बालबच्चा पाल्न याे अवधिमा करिब तीस हजार जति रिन पनि लाग्याे । रिन‌ै पाउन गाह्राे भइरहेको अवस्थामा छाक टार्न धाै धाै भइरहेको साउनेकाे जिवनमा मने ठेकदारकाेमा घर बनाउन सिमेन्टको गाराे बनाउने काम पाउनाले खुसी छाएको थियाे। लकडाउन अलि खुकुलो भएकाे वातावरणमा उसलाई चिठ्ठा परे सरह नै थियोे त्याे काम। उसले काम गरेकाे पाँच दिनपछि हिसाब बढी हुने भएता पनि ठेकेदारबाट रु. एकहजार पाउँदा खुसीले यसरी उफ्रेकाे थियाे मानाैं कुनै ठुलै चिठ्ठा परेछ।


    छ महिनापछि मासुखाने इच्छा प्रकट गर्दै उ बाटोमा हजारकाे नाेट खल्तीमा हालेर हिडिरहेकाे अवस्थामा पछाडिबाट केही हुल्याहा ठिटाहरुले अाक्रमण गरे।चिन्नै गाह्राे मास्कधारी समुहले साउनेकाे सपनाको हात्ती लुटेरै छाडे।मरणासन्न कुटिएकाे साउने लड्दै पड्दै घरको अाँगनीमा जेनतेन पुग्याे। बच्चाहरुका अाँखा कहिले मिठाे अाशाले साउनेकाे हाततिर नियाल्दै थिए भने कहिले डर र त्रासको बातावरणमा कारुणिक अाँखाले बाबाको घाउ नियाल्दै थियाे।साउनेकी बुढी हे भगवान! याे के भयाे भन्दै मानवता मरेको देशमा बुढाको छातीमाथि भक्कानिएर धुरुधुरु बग्न थालिन् ।तमासेहरुकाे फेरि भीड थुप्रियाे।




    प्रतिक्रिया दिनुहोस