सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

निर्वाचनका दिन विदेशिदै युवा


पश्चिम प्रेस
आइतबार, मंसिर ४ २०७९
  • 1.1K
    Shares

  • images
    images
    निर्वाचनका दिन विदेशिदै युवा

    मुलुकभर प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान भइरहँदा त्रिभुवन अन्तराष्ट्रिय  विमानस्थलमा भने वैदेशिक रोजगारीका लागि विदेश जानेहरुको भिड देखिन्छ । लोकतन्त्रको सुन्दर पक्ष निर्वाचनलाई मानिए पनि देशमा व्याप्त बेरोजगारीले युवाहरुलाई उक्त सुन्दरतामा सहभागी हुने वातावरण बन्न नसक्नु देशको दुर्भाग्य बन्न पुगेको छ । दल तथा नेताहरुले आफ्ना घोषणापत्रहरुमा जतिसुकै समृद्धिका एजेण्डाहरु प्रस्तुत गरे पनि उक्त एजेण्डाहरुमाथि युवाहरुको विश्वास नहुनुले देशको विकृत राजनीतिलाई सजिलै आंकलन गर्न सकिन्छ । मतदान स्थलहरुमा हुनुपर्ने भिड विमानस्थलमा हुनुले देशको राजनीतिप्रति युवाहरुको निरासा प्रस्ट झल्किन्छ । तस्बिर: रासस

    KB_KTM_E3A0930-airport.jpg


    प्रतिक्रिया दिनुहोस