धौल्याले रात्तै उठिबरे घोगा बासि रोटो नुनसित खायो रे गोरुबाकरा खोइ वनतिर लाग्यो । गोरबाच्छा जङ्ङलइनि लाया रे ऊ ग्वालानसित काफल खान पस्यो । भौत बेर काफल खानाइमा रइग्यो, पाछा वाइ अप्पड़पप्पड़ खेल्ल पस्यान । इथ उन खेल गद्दामा उथ बागले धौल्याको सिर्क्या बाकरो टप्काइ हाल्यो । गोरबाच्छा घरलिउन्ज्याँ खोजन्छ त सिर्क्या बाकरो बागले खाइबरे हाड़ुइहाड़ मात्तरि बाँकि राखिराख्यो । ताँबठे बचेका गोरुबाकरा घरलेयो । घर औन्ज्याँ उइका बाबा सिर्क्या बाकराकि लेखा गलिउँ बाट्टरया । उन्ज्याँ धौल्या बोलन्छ रे “बुवा गलिउ बाट्टार्यान मुइ सुच्चाः लागन्छ ।”
.gif)