बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

निकर्चाहरू


सोमबार, माघ ३ २०७८
  • 734
    Shares

  • images
    images
    निकर्चाहरू


    निकर्चाहरू
    कहिलेकाँही गाली र तालीमा
    सभ्यताको पलेटी कस्दै
    दुःख र निरासाको सौदाबाजीमा 
    कतिका ज्यान गए पछुताउदैनन्
    कतिको सिन्दुर पुछियो  हेर्दैनन्
    गर्छौ भनी  उचालिएका काँध 
    मर्छौ भनी हिडेका पैताला
    बरालिएर खोरिया फाडेको 
    दम्भमा बाँच्छन 
    कुत असुल्न सुरिन्छन् 
    त्यसैले त लोलाएका जिब्राहरू
    भुत्ते दाँत र फोहरी नङ्ग्राले 
    अझै बलिका बकरा चहार्छन
    मांसाहारको ह्याङ्ओभर
    बिरक्तिको सौदामा 
    हराम हाइनाहरू 
    कहिल्यै ऐनामा अनुहार हेर्दैनन्
    वादको लिस्नो चढेर
    आसमा ठेउके अल्मलाएर
     बिना मन्त्रका बैद्दिको हाँकझैँ
     आसा छरेर  झाँको झाड्ने
    तथारामहरू रामराज्य ताक्छन्
    गाथ र गादी ताक्ने बैदार बनी
     गफ चुट्छन् 
    भरौसाको भट्टीमा आँशु उचाल्दै
    नैतिकताको कट्की लगाउने 
    फाटेका तासका पत्तिमा थुक लगाउँदै
    तुरूप चालमा इमान दाउमा  थापी 
    जुवा जितेका खेलाडीहरू 
    बडा बनेको आत्मियताले
     सोझासाझा लुट्छन
    भाईभाई फुट्छन 
    कम्फोर्टेवलका लागि भिड्छन
    सडेका विचारमाथि फूलमाला चाहन्छन्
    खादाले लाज छोप्छन 
    गालीमा ताली ठोक्छन 
    निकर्चाहरू




    प्रतिक्रिया दिनुहोस