बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

नेपाली गजल


आइतबार, माघ ९ २०७८
  • 1.5K
    Shares

  • images
    images
    नेपाली गजल

    स्वप्नका लुटेरा हजारौँ भेटिन्छन् यहाँ
    लुटेका एकएक सबुत  मेटिन्छन् यहाँ 

    मन्दिरमा होस वा चोकमा बेहिसाब
    खसीका घाँटी खुलेआम रेटिन्छन् यहाँ

    आफू लुटिन मै मजा लिने महाशयहरु
    लुट्ने जालीहरु नै बडा देखिन्छन् यहाँ

    याम पुगोस् नपुगोस् गुलाफका बोटहरु
    छेक्न लायक नभए नि छेकिन्छन् यहाँ 

    हार्ने महावीर जति राम्रो भए नि क्यार्ने
    जित्नेहरु कै इतिहास लेखिन्छन् यहाँ




    प्रतिक्रिया दिनुहोस