शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

भीमदत्त नगरपालिकाले गर्यो जग्गाको वर्गीकरण


पश्चिम प्रेस
शुक्रबार, पुस १५ २०७९
  • 1.0K
    Shares

  • images
    images
    भीमदत्त नगरपालिकाले गर्यो जग्गाको वर्गीकरण

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषि र गैर कृषि जग्गा छुट्याएको छ ।
     नगरपालिकाले शुक्रबार स्थानीय भू–उपयोग परिषदबाट भू–उपयोग नक्सा स्वीकृत गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले जग्गा वर्गीकरणको नक्सा स्थानीय भू–परिषदबाट स्वीकृत भइसकेकाले दश दिन भित्र कार्यान्वयनमा आउने बताउनुभयो । “ भू–उपयोग नियमावलीमा उल्लेखित विभिन्न क्षेत्रमा जमिन विभाजन गरिएको छ ।” उहाँले भन्नुभयो–“नापी विभागमा पठाएर कित्ता भिडान गरेर राजपत्रमा प्रशासन गर्छौ ।” उहाँले स्थानीय राजपत्रमा प्रकाशनपछि सोही अनुसार कित्ताकाट हुने बताउनुभयो ।
     नगरपालिकाले नापी विभाग काठमाण्डौ र नापी कार्यालय कञ्चनपुरको प्राविधिक सहयोगमा जग्गा वर्गीकरण गरेको हो । स्वीकृत भू–उपयोग नक्सा बमोजिम कित्तागत विवरण तयार गरि पुनः स्थानीय भू–उपयोग परिषदबाट स्वीकृत गरेर भू–उपयोग योजना लागु भएको सूचना प्रकाशन गर्ने र त्यसपछि कित्ताकाट खोल्ने तयारीमा नगरपालिका छ ।
     गत जेठमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सबै स्थानीय तहलाई २३ मंसिर भित्र जग्गाको वर्गीकरण गरिसक्न निर्देशन दिएको थियो ।    भू–उपयोग नियमावलीले कृषि, आवास, व्यावसायीक क्षेत्र,औद्योगिक क्षेत्र, खनिज तथा खानी, वन क्षेत्र, नदि, खोला, ताल, सीमसार क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र अन्य क्षेत्र गरी १० भागमा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेको छ ।


  • सम्बन्धित विषय:

  • # भीमदत्त नगरपालिका
  • # जग्गाको वर्गीकरण
  • प्रतिक्रिया दिनुहोस