महेन्द्रनगर । पेट्रोलमा भएको मूल्य वृद्धिका विरुद्धमा विप्लव निकट विद्यार्थी संगठनले काठमाण्डौँमा प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहन गरेका छन् । पेट्रोलियम पदार्थमा लगातार मूल्य बृद्धि हुँदै गएपछि मूल्यवद्धि फिर्ताको माग राख्दै मूल्यवृद्धि फिर्तागर लगायत विभिन्न नाराजुलुसका साथ विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । मूल्यवृद्धिको विरोधमा लगातार आन्दोलन गर्दा पनि सरकारले नसुनेको हुनाले प्रधानमन्त्रीको पुत्ला दहन गरेको उनीहरुले जानकारी दिए ।
.gif)