बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

मेरा सुइना अर्खाइ, कित्थि इजा सुइना अर्खाइ


बुधबार, माघ ४ २०७९
  • 1.2K
    Shares

  • images
    images
    मेरा सुइना अर्खाइ, कित्थि इजा सुइना अर्खाइ


    कहिले काहीँ केही कुराका चर्चाले हामी र हाम्रो समाज कुन दिशामा लग्दैछौँ भन्ने कुरामा अचम्म परिन्छ ।  एउटा  समाचार पढ्दा नेपालकै वनहरूमा ३००भन्दा बढी खान योग्य फलहरू छन् । ती मध्ये १००वटा मात्रै पनि व्यावसायिक रूपमा उत्पादन गर्ने हो भने अर्थतन्त्र, वातावरण र जनजीवनमा कति फरक आउँथ्यो । यो एउटा प्रतिनिधि  उदाहरणमात्रै हो । जैविक तथा भौगोलिक विविधताको सम्पन्नताका यस्ता थुप्रै कुराहरू छन्। 
        हाम्रै बुवा बाजेको पालामा हाम्रै गाउँ ठाउँ बिभिन्न चिजवस्तु तथा उत्पादनका लागि प्रसिद्ध थिए। अहिले ती किम्वदन्तीमा परिणत भएका छन् । कुनै ठाउँ स्याउ (सतबाज), कुनै ठाउँ निगालो (ग्वाल्लेक भागेश्वर),कुनै ठाउँ खुर्सानी (रूपाल) यसरी बल्ल, राँगो, पात्थर, साल, सुन्तला,माटो, ढुङ्गा,  धाउ, धान(जोरायल) पानी (बर्मदेउकि मिसिरी रमसिलाको पानि) यी कुरा स्थानीय समृद्धिको सम्भावनाका सङ्केत थिए। जुन ठाउँ जेका लागि प्रसिद्ध थियो त्यही विकास र निकास खोजिएन । राज्यको नीति चरम परमुखापेक्षी बन्दै गएको छ भन्ने कुरा त एम सि सिको लफडाले जनाइ रहेको छ । स्थानीय स्रोत साधन र सम्भावना माथिको प्रवर्तन र विकास सित जनशक्ति जोडन राज्यले चाहेन देशका युवा विदेश निर्यात राज्यले नै गरिरहेको छ । काम गर्ने उमेर र जागर भएको ठूलो समूहमा यहाँ त केही छैन भन्ने मानसिकता सिर्जना गरिएको छ र भएको छ। रेमिट्यान्सबाट मात्रै कतिले देश धानिन्छ? विदेशमा धेरै देशहरू आफ्नो स्थानीयतालाई प्रबर्धन र बिकास गर्दै त्यसको ग्लोबलाइजेसन गरिरहेका छन । हामी धेरै हद सम्म त्यो मारि रहेछौ। खोजेमा समृद्धि हाम्रै वरिपरि नै छ तर त्यसको नेतृत्व गर्ने राजकीय निकाय र नेतृत्वअनेकानेक लफडाहरूमा कुहिराको काग बन्दै कुर्सीकै बरिपरि घुमेका र झुमेका छन। राष्टिूयता जहाँ तहीँ मरि रहेको छ। यति भन्नुको अर्थ केही भयेकै छैन भन्ने चाहिँ होइन। जनसंख्याको एक हिस्साले देशमा राम्रै योगदान दिइ रहेका छन जसले केही साख जोगिएको छ । गरि खाने भन्दा गरेको खानेको बहुलता चाँही बढदै गयेको छ। देशमा एक समूह खतरनाक तरमारा ग्रुप बढी रहेको छ जो नेतागिरी र बठ्याइका भरमा सर्वसत्तावादी बन्दै गयेको छ। यो नितान्त बैयक्तिक स्वार्थवादी समूह आफूलाई सुपर सम्झन्छ तर तिनको योगदान समाजको पछिपरेको बर्गकालागि छैन। 
       पहिलेका पुस्तामा स्वावलम्बन थियो ।छुट्टै स्वाभिमान थियो। आफ्नै उत्पादनलाई जीवन निर्वाहको आधार बनाएका थिए। स्थानिय उत्पादनहरूको उत्कृष्टता स्थापित भयेका थिए। पछिल्लो ६०÷७०वर्ष यता समाज क्रमसः मुखापेक्षी र परनिर्भरतातिर बढी रहेको छ। अहिलेको उपभोक्तावादी जमानामा जे हामीसित छ त्यो हेय बन्दै छ  र जुन उत्पादन हामीसंग छैन त्यसका हामी पारखि बन्दै छौ। स्थानियता उत्पादनमा मात्रै होइन भाषा (संस्कृतिमा पनि मर्दै गै रहेको छ।  पात्थरखानी बन्द भये राजस्थानका मार्वल चाहिएका छन, तिनै पात्थरखानी आधुनिकीकरण गरेर मार्वल उत्पादन गर्ने चासो छैन, करोडौंको मुङफलि उतैको आउँछ त्यसको व्यवसायिक उत्पादनको सम्भाव्यता अध्ययन गरिदैन, गाउँघरका घट्ट बन्द भए तिनै घट्टघरमा लघु जलबिद्युत उत्पादन गरेर गाउँ उज्यालो पार्न सकिन्थ्यो, सेती महाकालीका सपना बाड्दा एक पुस्ता बिति सक्यो,    पटक पटक व्यवस्था र सत्ताका आन्दोलन भये, दर्जनौ निर्वाचनका नेता बने, हजारौंले राज्यको छात्रवृत्तिमा पढे। सयौ बिज्ञ र बिशेषज्ञका घुम्ने कुर्सी अठ्याएर बसेका छन ,लाखौ युवा विदेशका फेक्टूी र सहर बनाउने दौडमा छन तर यो देश हारेको हारेकै छन, केहीका  मन कुइड़ा अर्कै छन। 




    प्रतिक्रिया दिनुहोस