मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

स्वास्थ्य बिमा गरेका बिरामीले पाउँदैनन निःशुल्क औषधि


पश्चिम प्रेस
बिहीबार , माघ १३ २०७८
  • 1.2K
    Shares

  • images
    images
    स्वास्थ्य बिमा गरेका बिरामीले पाउँदैनन निःशुल्क औषधि

    महेन्द्रनगर । स्वास्थ्य बिमा गरेका बिरामीले सरकारी अस्पतालमा निःशुल्क औषधि पाउन छोडेका छन । स्वास्थ्य बिमाबाट प्राप्त हुने अधिकांश औषधि प्रायः अभाव हुने गरेको छ । सरकारी अस्पतालका फार्मेसीहरुमा सरकारले दिने निःशुल्क औषधि नपाइदा सेवाग्राही निजि बाट औषधी किन्न बाध्य छन ।
    कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालको फार्मेसीमा अहिले दम, खोकी लगायतका औषधि अभाव छ । स्वास्थ्य बिमाबाट प्राप्त हुने अधिकांश औषधि प्रायः अभाव हुने गरेको सेवाग्राहीको भनाई छ । 
    अस्पतालले स्वास्थ्य बिमाबापतको रकम समयमै भुक्तानी गर्न नसक्दा फार्मेसीमा समयमै औषधि उपलब्ध नहुने गरेको हो । अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. अर्जुन भट्टका अनुसार अस्पतालमा स्वास्थ्य बिमाबापतको रकम समयमै नआउँदा भुक्तानीमा समस्या भएको हो । उनले अहिले पनि ३०÷४० लाख रकम भुक्तानी गर्न बाँकी रहेको बताए । 
    महाकाली अस्पतालले वर्षमा २ करोडभन्दा बढीको औषधि खरिद गर्छ । जसमध्ये ६० प्रतिशत स्वास्थ्य बिमामै जाने गरेको छ । यसबाहेक ठेकेदारले पनि औषधि उत्पादक कम्पनीबाट कमिसन प्राप्त हुने औषधि सहजै उपलब्ध गराउने र कमिसन नपाइने औषधि दिन आनाकानी गर्ने गरेका कारण अभाव हुने गरेको हो । निःशुल्क स्वास्थ्य बिमा गरेबापत बिरामीका लागि एक हजार २५६ थरीको औषधि फार्मेसीमा राख्नुपर्ने हुन्छ । तर त्यसो हुन सकेको छैन । निःशुल्क वितरणका लागि सरकारले उपलब्ध गराउने ७२ थरीको औषधि पनि फार्मेसीमा छैन ।  


    प्रतिक्रिया दिनुहोस