शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

भीमदत्तमा खुल्यो जग्गाको कित्ताकाट


पश्चिम प्रेस
बुधबार, माघ १८ २०७९
  • 785
    Shares

  • images
    images
    भीमदत्तमा खुल्यो जग्गाको कित्ताकाट

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले भू–उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गरेपछि जग्गाको कित्ताकाट सुरु भएको छ ।
     नगरपालिकाले भू–उपयोग क्षेत्रको कित्तागत वर्गीकरण सम्पन्न गरि वर्गीकरण विवरण मालपोत कार्यालय,नापी कार्यालय हस्तान्तरण गरेपछि कित्ताकाट खुलेको हो । भूमित तथा मालपोत कार्यालय कञ्चनपुरले एक सुचना जारी गर्दै भीमदत्त नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने कारोवार गर्न आउने जग्गाको भू–क्षेत्र वर्गिकरण अध्यावधिक गरि बुधबारदेखी कित्ताकाट सुचारु भएको जनाएको छ ।
     नगरपालिकाले गरेको जग्गाको वर्गीकरण अनुसार भीमदत्तमा कृर्षि क्षेत्र जमिन न्युन छ । नगरपालिकाले छुट्याएको कृषि क्षेत्रको जमिन चारदशमलव दुई प्रतिशत मात्रै रहेको छ । तराईको अन्नभण्डारको रुपमा रहेको कञ्चनपुरमा कृषि क्षेत्रको जग्गा खण्डीकरण हुदै गएको छ । भीमदत्तले गरेको वर्गीकरण अनुसार सबैभन्दा बढी आवासी क्षेत्र ६१.२१ प्रतिशत रहेको छ । त्यसैगरी व्यवसायिक २.४ प्रतिशत, साँस्कृतिक ०.०८, जंगल ०.९, तालतलैया १.७, औद्योगिक ०.०४, खनिज ०.०१, सार्वजनिक २९.३६ र अन्य ०.०९ प्रतिशत जग्गा रहेको छ । 


  • सम्बन्धित विषय:

  • # भीमदत्त नगरपालिका
  • # कित्ताकाट
  • प्रतिक्रिया दिनुहोस