प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार महेन्द्रनगरमा कञ्चनपुर औद्योगिक व्यापार मेलाको उद्घाटन गरेका छन । त्यसैगरी दोधारा चाँदनी सुख्खा बन्दरगाह र महाकाली पुलको स्थलगत अवलोकन समेत गरेका छन । आजै जनयुद्ध दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई समेत सम्बोधन गरेका छन ।





