कञ्चनपुरको बेलौरी नगरपालिकामा बेवारिसे अवस्थामा रहेको २२.१५० किलोग्राम चरेस प्रहरीले बरामद गरेको छ । शनिबार ७ः३० बजे साँझतिर इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको गस्ती टोलीले बेलौरी न.पा. ३ बुटाबारीमा यूपी ३१ एपी २२५६ नं. को मोटरसाइकलमा हरियो कट्टामा डोरीले बाधेर राखेको अवस्थामा बरामद गरेको हो । शंका लागि चेकजाँच गर्दा उक्त कट्टा भित्र खोलि हेर्दा ४० पोका ठुलो र ४० पोका सानो गरी जम्मा ८० पोकामा चरेश बेवारिसे अवस्थामा राखेको मोटरबाईक सहित प्रहरीले बरामद गरेको छ । यसको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
.gif)