शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

दार्चुलाको एक रेष्टुरेन्टमा आगलागी


पश्चिम प्रेस
आइतबार, फागुन २१ २०७९
  • 435
    Shares

  • images
    images
    दार्चुलाको एक रेष्टुरेन्टमा आगलागी

    दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिका–५ घट्टेखोलास्थित ओमकार पन्तको फुड गार्डेन रेष्टुरेन्टमा खाना पकाउने ग्यास लिक भएर आगलागी भएको हो । शनिबार दिउँसो खाना पकाउने क्रममा भान्सा कोठामा आगलागी हुँदा भान्सामा रहेका भाडावर्तन, अन्न, फ्रिज लगायतका समान जलेर नष्ट भएको  र स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको र आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने  अहिले सम्म खुलेको छैन । 


  • सम्बन्धित विषय:

  • # दार्चुला
  • प्रतिक्रिया दिनुहोस