बुधबार, चैत १५ गते २०७९ || Mar 29, 2023

नारीका नाममा प्रेमका दुई शब्द


बुधबार, फागुन २४ २०७९
  • 150
    Shares

  • images
    images
    नारीका नाममा प्रेमका दुई शब्द
    images
    images

    नारी आमा सफल गृहिणी जिन्दगी पुण्य खास 
    नारी योद्धा युग पुरुषको बस्दछिन् आसपास ।
    नारी आत्मा सुख शयलमा सृष्टि यो चल्नुपर्छ
    नारी घाती सब किसिमका जिन्दगी ढल्नुपर्छ ।।१

    नारी साथी विकट पथमा बन्न सक्छिन् सहारा
    बत्ती जस्तै झलमल बनी चम्किने हुन् सितारा ।
    नारी हाँस्दा हर महलमा बल्दछन् दीप तुल्य
    देवी माता सुयश मनमा भर्न थाल्छिन् अमूल्य ।।२

    आमा बन्दा मधुर ममता साथ सन्तान राखी
    छोरी चोखी सकल घरकी लच्छिनी बन्दछिन् ती ।
    प्यारी बन्दा दिनहुँ गुलियो पार्दछिन् भोजनादि
    नारी  याैटै  महल  नभए  गेह  बन्छन्  समाधि ।।३

    नारी गाथा कतिपय अझै शोषिएका सुनिन्छन्
    नारी भाका हक सुख अझै खोसिएका सुनिन्छन् ।
    नारी एक्ली  अबुझ  अबला  छैन  ऐले   रहेकी
    पाइन्छन् ती  सबल अगुवा शक्ति हाँक्ने भएकी ।।४

    खप्दै पीडा सब मनुजको पाउ थाम्छिन् धरामा
    हाँस्ने नाच्ने शिशु विजयमा चम्किने धन्य आमा ।
    नारी  पुज्दा अवनि  तलमा  देव  हुन्छन्  प्रसन्न
    देवी  हेप्ने  असफल  सडी  बन्दछन्   छिन्नभिन्न ।।५
    छन्द : मन्दाक्रान्ता
    प्रेम प्रकाश कलाैनी
    शिवनाथ- २ पाैखर,बैतडी


  • सम्बन्धित विषय:

  • # नारी


  • प्रतिक्रिया दिनुहोस
    images