बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

देशमा परनिर्भरता हावी, स्थानीय उत्पादनप्रति वेवास्था


मंगलबार, माघ १८ २०७८
  • 850
    Shares

  • images
    images
    देशमा परनिर्भरता हावी, स्थानीय उत्पादनप्रति वेवास्था


    कुनै समय आफ्नै उत्पादनले राम्रोसँग चलेको हाम्रो समाज अहिले सानो कुराका लागि पनि अरुको मुख ताक्नुपर्ने अवस्था आएको छ । सुदूरपश्चिम क्षेत्रको मात्रै पनि कुरा गर्ने हो भने आजभन्दा २५ – ३० वर्ष अघिसम्म मात्रै पनि अघिल्ला पुस्ताहरुले नुन बाहेकका सम्पूर्ण कुराहरुको आवश्यकता स्थानीय उत्पादनले मात्रै पुर्ति गरेको थियो । घरमा गाइवस्तु पालेर दुध, दही, छाँच, घिउँ उत्पादन गरेर तरकारी  तथा किनेर खानुपर्ने बाध्यता थिएन । त्यसै गरी स्थानीय भूगोलमै उत्पादन हुने रिठाले साबुनको गर्जो टारेको थियो । हाम्रै गाउँका खेतबारी तथा जङ्गलमा पाइने फलफूलहरुको उपभोग गरी स्वस्थ जीवन जिउन सफल भइन्थ्यो । हाम्रा आँफरमा बन्ने भाँडाकुडा, हातहरियार तथा कृर्षि औजार, स्थानीय स्तरमै मिल्ने निङालो बाँसका डोको, डालो, सुप्पा, छापरो, सोज्या आदि सामग्रीहरु, काठका बाकसहरु आदि सबै स्थानीय तवरमै उत्पादन हुने गर्दथे । यति मात्र नभएर हाम्रा ज्योतिषहरुले घरमै कागज, मसी, कलम आदि समेत बनाउने गर्दथे । स्थानीय स्तरमै पाइने प्राकृतिक स्रोत साधनको उपयोग गरेर घर, पाटी, पौवा, धर्मशाला आदि बनाउने गर्दथे । दार्चुलामा बन्ने लुगा कपडा र दन, मोथ्याको चटाइ, मोट्टा, पारा विण्णा, सहजै सस्तो र सुलभ मूल्यमा स्थानीय स्थरमै मिल्ने गर्दथे । गाउँकै बारीमा जैविक मलको प्रयोग गरिएको खेतिबाट अन्न तथा तरकारी उत्पादन गरिन्थ्यो । दैनिक जीवनमा आवश्यक पर्ने हरेक सामग्रीहरु स्थानीय स्तरमै उत्पादन गरेर उपभोग गरिन्थ्यो । अहिले आएर एउटा सानो कुच्चो देखि लिएर तरकारी र मसलका लागि समेत बजारको मुख ताक्नुपर्ने अवस्था आएको छ । स्थानीय उत्पादन प्रति कसैको पनि ध्यान गएको छैन । 


    कहिले काहिँ केही कुरा माथिका चर्चाले हामी र हाम्रो समाज कुन दिशामा लग्दैछौ भन्ने कुरामा अचम्म परिन्छ । अस्ति नै एउटा समाचार पढियो नेपालकै वनहरूमा ३०० भन्दा बढी खान योग्य फलहरू छन्, ती मध्ये १००वटा मात्रै पनि व्यावसायिक रूपमा उत्पादन गर्ने हो भने अर्थतन्त्र, वातावरण र जनजीवनमा कति फरक आउथ्यो ।  हाम्रै बुवा बाजेको पालामा हाम्रै गाउँ ठाउँ बिभिन्न चिजबस्तु तथा उत्पादनका लागि प्रसिद्ध थिए । अहिले ती किम्बदन्तीमा परिणत भयेका छन। कुनै ठाउँ स्याउ (सतबाज),कुनै ठाउँ निगालो (ग्वाल्लेक भागेश्वर),कुनै ठाउँ खुर्सानी (रूपाल)यसरि बल्ल, राँगो, पात्थर, साल, सुन्तला,माटो, ढुङ्गा,  धाउ,धान(जोरायल) पानी (बर्मदेउकि मिसिरी रमसिलाको पानि) यी कुरा स्थानिय समृद्धिको सम्भाबनाका संकेत थिए । जुन ठाउँ जेका लागि प्रसिद्ध थियो त्यही विकास र निकास खोजिएन । राज्यको नीति चरम परमुखापेक्षी बन्दै गएको छ भन्ने कुरा त एमसिसीको लफडाले जनाइ रहेको छ । स्थानीय स्रोत साधन र सम्भावना माथिको प्रवर्तन र विकाससित जनशक्ति जोड्न राज्यले चाहेन, देशका युवा विदेश निर्यात राज्यले नै गरिरहेको छ । कामगर्ने उमेर र जाँगर भएको ठूलो समूहमा यहाँ त केही छैन भन्ने मानसिकता सिर्जना गरिएको छ र भएको छ । रेमिट्यान्सबाट मात्रै कतिले देश धानिन्छ ? विदेशमा धेरै देशहरू आफ्नो स्थानीयतालाई प्रबर्धन र विकास गर्दै त्यसको ग्लोबलाइजेसन गरिरहेका छन् । हामी धेरै हद सम्म त्यो मारिरहेछौ । खोजेमा समृद्धि हाम्रै वरिपरि नै छ तर त्यसको नेतृत्व गर्ने राजकीय निकाय र नेतृत्व अनेकानेक लफडाहरूमा कुहिराको काग बन्दै कुर्सीकै वरिपरि घुमेका र झुमेका छन् । राष्ट्रियता जहाँ तहीँ मरिरहेको छ । यति भन्नुको अर्थ केही भएकै छैन भन्ने चाहिँ होइन । जनसंख्याको एक हिस्साले देशमा राम्रै योगदान दिइ रहेका छन्, जसले केही साख जोगिएको छ । गरिखाने भन्दा गरेको खानेको बहुलता चाँही बढ्दै गएको छ । देशमा एक समूह खतरनाक तरमारा रुप बढी रहेको छ जो नेतागिरी र बठ्याइका भरमा सर्वसत्तावादी बन्दै गएको छ । यो नितान्त वैयक्तिक स्वार्थवादी समूह आफूलाई सुपर सम्झन्छ तर तिनको योगदान समाजको पछि परेको वर्गका लागि कति पनि छैन । 




    प्रतिक्रिया दिनुहोस