काठमाडौ । एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले मन्त्री क्वार्टर अगाडि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कालो झण्डा देखाएको छ ।
स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्दै आन्दोलित अनेरास्ववियूले मन्त्री कार्कीलाई कालो झण्डा देखाएको हो । आन्दोलनरत विद्यार्थीहरुले मन्त्रीको गाडी रोकेर कालोझण्डा देखाएका थिए भने कतिपयले मन्त्री गाडीमै कालोझण्डा प्रहार गरेका थिए ।
.gif)