काफल एक फल मात्र हैन पहाडिया जीवनको संस्कृति हो, औषधी हो, पहाडीया फलको राजा हो । खट्टो, मिठो र रसिलो स्वाद हुने फल काँचो छदा हरियो र पाक्दै गरेको रातो अनि पाकेको फल हल्का बैजनी, बैजनी र कालो रंगको हुन्छ । काफल नेपालको मध्य पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रका साथै समुद्री सतह देखि ज्ञछण्ण् देखि द्धण्ण्ण् मिटरको उचाइसम्म पाइन्छ । भारतको उत्तराखण्डको राजकीय फल हो भने, हिमाञ्चल र आसाम प्रदेशमा पनि पाइने एक प्रख्यात फल हो । नेपालको धेरै ठाँउमा सिजनमा काफल बेचेर घर खर्च चलाएइको देखिन्छ । सिजनमा ५० देखी १०० रुपैया प्रति केजीमा यसको व्यापार हुने गर्दछ ।
नेपाली नाम–कोबुसी , कायफल ,काफल
हिन्दी नाम – काफल ,कायफर, कायफल
अंग्रेजी नाम – Bayberry
वैज्ञानिक नाम– lyrical esculents
कहाँ कहाँ पाइन्छ–नेपालको पहाडी भेक,उत्तरी भारत, दक्षिणी भूटान
अन्य भाषामा काफल ।
तेलगु –कैदर्यमु
बंगाल–कायफल , कट्फल
पंजाबी–कहेला , कायफल
मलयालम–मरुता
मराठी–कायाफल
अर्वी–औदुल , अजूरी
पर्सियन –दरेशीशमकन्दु
उर्दु –कायफल
कन्नडा –किरिशिवनि
गुजराती–कारीफल
तमिल–मरुदम पट्टई
काफल संग काफल पाक्यो चरीको पनि सम्बन्ध छ । काफल पाक्यो चरीको वैज्ञानिक नाम क्युकुलस माइक्रोप्टेरस हो । यो नेपाल लगायतका दक्षिण एसिया तथा पूर्वी एसियाका केही स्थानहरूमा पाइने गर्छ । यो चरा समुन्द्री सतहबाट ३६०० मिटरसम्मको उचाइमा रहेको जङ्गलहरूमा पाइने गर्छ ,यो घुम्ने चरिको रुपमा पनी चिनिन्छ, बैसाख तिर तराइमा पनि काफल पाक्को भन्दै मिठो स्वर गुन्जीत गर्दछ।डोट्यल्ली भाषा अनुसार अति मन मोहक र सुरिलो भाकामा “काफल पाक्को ,गला लाग्गो“ अर्थात ’काफल पाक्यो, घाटिमा रोकियो’ भनेर चराले समाजमा आफ्नो स्वर फैलाएको हामी प्रत्यक्ष जङ्गल, पाखा पखेरा , झनै चैत देखि जेठसम्म त गाउँ घर लगायत पहाडमा काफल पाक्यो भन्ने खबर तराइ सम्म चरिले गुन्जाएको देख्छौ,सुन्छौ।काफल पाक्ने समय चैत देखी जेठ महिना सम्म भएपनि विस्व वातावरण संगै केहि परिवर्तन भएको देखिन्छ।
१–वास्तवमा चराले काफल पाक्यो भनेको हो कि अन्य कुनै सन्देश दिएको हो त्यो कुरा त अनुसन्धानको विषय हुन सक्छ र हो पनि ।
बचपनममा भनिन्थ्यो ः
काफल पाक्यो
गला लाग्यो
खानु के छ?
चिउल्या रोटो
साग के छ?
नुन्या ढिको
लाउनु के छ?
उन्या भोटो
दिन्या के छ?
गाईको बाच्छो
रुन्या को हो?
मेरो लाटो
शब्दाअर्थ
.................
गला लाग्यो – घाँटीमा अड्किनु
चिउल्या – रोटीको सानो भाग(टुक्रा)
रोटो – रोटी
साग – साग तरकारी
नुन्या ढिको – नूनको ढिको
ऊन्या भोटो – ऊनको भोटो
दिन्या के छ? – दूध दिने के छ भन्ने भावमा
रुन्या – रुने
मेरो लाटो (लाटी) – मेरो छोरा(छोरी)
(प्राचिन डोट्याल्ली बाल कविता)
२–“एक पटक यस्तो भयो कि महिलाले बिहान सबेरै टिपेर घरको आँगनमा रहेको सानो टोकरीमा राखेकी थिइन् । घरायसी काममा व्यस्त भएकाले साँझपख काफल बेच्ने निर्णय गरे । छोरीलाई बोलाएर काफलको हेरचाह गर्न भनिन् र जङ्गलबाट नआउन्जेल काफल नखान निर्देशन दिइन्, म आफैं तिमीलाई पछि काफल खान दिन्छु भनिन्, यति भन्दै आमाले अरु काम गर्न थालिन् ।
आमाको सल्लाह बमोजिम छोरीले काफल हेरिरहेकी थिइन ,यतिकैमा काफलले मन लोभ्याए पनि आमाको आज्ञा पालन गर्दै आफूलाई नियन्त्रणमा राखिन् । दिउँसो जङ्गलबाट फर्किदा आमाले एक तिहाइ टोकरी कम भएको र छोरी नजिकै सुतिरहेको देख्नुभयो । यो देखेर बिहानै देखि काममा रहेकी आमालाई रिस उठ्यो र उनले भन्दाभन्दै पनि छोरीले धेरै खाएको महशुष गरिन् । आक्रोशित भई आमाले छोरीलाई हातले कुटपिट गरिन् । कुटपिट पछि छोरीको अवस्था देखेर आमाले उनलाई धेरै हल्लाउनु भयो तर त्यतिन्जेल छोरीको मृत्यु भइसकेको थियो । छोरीको यसरी मृत्यु भएको देखेर आमा रोइरहेकी थिइन् । अर्कोतिर साँझपख काफलको टोकरी पुरै भरिएको थियो, महिलाको आँखा टोकरीमा परे पछि दिनको चर्को घाम र गर्मीका कारण काफल ओइलाएर चाँडै ताजा हुँदै गएको बुझिन् ।अब आमाले आफ्नो गल्तीलाई धेरै पछुताउनु भयो र उनी पनि सोही क्षणमा मर्नुभयो। यस घटना पछि प्रत्येक चैतको महिना चरिले “काफल पाक्यो मै नाइ चाख्यो” अर्थात काफल पाके पनि मैले खाएन भन्छ भन्ने अहिलेको विश्वास र प्राचिन कथा भारतको उत्तराखण्ड कुमाउ गडवालमा प्रख्यात छ।साथै यो कथाले काफललाइ मानवको भावनात्मक संवन्धसँग गार्दछ ।
३–डोट्याल्ली “फेत्वा फेतुली“को लघुकथामा पनि काफल(फेत्वा दिनोइ फेतुली खानी)को प्रसंग छ।
जुन राष्ट्र, जुन भाषा र जुन जातिले आफ्नो बहुआयामिक प्रगति गरेको छ त्यसको साहित्यले पनि त्यसै अनुपातमा विकास विस्तार गरेको देखिन्छ । संस्कृत, अंग्रेजी, हिन्दी, उर्दु आदि भाषाहरूलाई नै लिन सकिन्छ ।काफलले पनी डोटेल्ली कुमाउनी र अन्य भाषामा आफ्नो ठाउँ लिएको पाइन्छ।
लोकपृय फल नाम लिने वित्तिकै मुखै रसाउने काफल संग जोडीएको संस्कृति,परम्परा र संगित संरक्षणमा हामि सबै मिलेर लाग्नु पर्दछ ।
सुदुर पश्चिमीको तुलना गर्दा भोजराज भट्ट को “काफल पाक्या आइजाउला“प्रशिध्द गित हो भने नेपालकै तुलनामा राजु परियारको “बनको काफल बनको चरिलाइ“प्रशिध्द गित हो।संगितमा काफल प्रर्सिध्द छ। भारतका कुमाउनी गडवाली गितहरुमा पनि काफल झल्किन्छ।
सुदुर पश्चिमी देउडा पनि काफल बिना अधुरो छ ।
यसै गरी महेश आउजीको प्रख्यात गित –
काफल पाक्न्ना,नयाउली बासन्ना ।
मेरा पहाड , गुरास फुलन्ना ।।
अन्य काफल सम्वन्धि देउडा गितहरु
१–आम पाक्या असार मैना,काफल पाक्या चैत।
गित लेख्या दुख जन माण्या, दुखारिहुँ मै त।।
२–चैत पाक्द्या काफल मिठा,असारमा आम ।
विसुकी लाउन सेल खान्जा,मलाइ गर्या फाम।।
३–रस खाउँ की सुन्तली दाँना ,काँफल खाउँ की कैरी ।
दुई दिन को मनुस्य चोला, मायाँ ठुलो बैरी ।।
काफलको बोक्राको काजल बनाउन र दात सफा गर्न प्रयोग गरिन्छ । जरा ,फल, फुल, बोक्रा, विउ, पात परापूर्व काल देखि नै आयुर्वेद औषधीको रुपमा प्रयोग गरिदै आएको छ,झन् अहिलेको समयको लागि त काफल झन महत्वपुर्ण छ ।
काफलले मानसिक रोग, मधुमेह, मोटापन, पाइल्स, मुखको घाउ,नाक सम्बन्धी समस्या, कानको दुखाइ,कानको शुल,टाउको र सरीर दुखाइ,स्वास– प्रस्वास,दम खोकी,रुघा,खका र जम्ने ,नपुंसकता,शुक्राणु उत्पादन,अल्सर,क्यान्सर,पेट दुखाइ,कलेजोको समस्या,कब्ज,एसिडिटी,रक्तपित्त,सुन्निने रोग निको पार्नुको साथै अन्य बहुगुण युक्त औसधीको रुपमा प्रयोग गरिन्छ ।