सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

हरानपैरयो छेत्तर्‍या झाड़


शनिबार, चैत ४ २०७९
  • 664
    Shares

  • images
    images
    हरानपैरयो छेत्तर्‍या झाड़

     

    ‘छेत्तर्‍या’ यो एक प्रकारको झाड़ हो। पाइन त यो सुदूरपश्चिमका काँइ(कत्तेइ उच्चा ठण्ण पहाडी वन जङ्ङलन रे गजालनलै पाउन सकिन्छ तबलै खासमाइ बैतडी ग्वाल्लेक वनका एड़बेड़न तोलीका पातल पाइन्या एक किसमको निङलानहै थोक्काइ सपुरो रे भ्यौल्याटिन जतुकि उच्चो सिम्कासिम्का जसा बोट हन्या सिम्काइलो झाड़ हो। एइका घड़िल्ला रे घङारुका जसा पात हनान भण्या मेलका जसा सेतासेता कतिब सुगड्ड फूल हनान। छेत्तर्‍या जाँत्तेलै और्‍यो मुल्जो नभयालै लगभग २र३ इन्चका नज्क(नज्क बकली भुड़जसी हन्छे। एइका हङ्ङा नाइहना रे टाँटीका जसा खुलखुलना बोट हनान। उसै सिम्काकि घाँजिउनिहै पात औनान रे बिच(बिचमाइ गँठालै नाइ हना। 

    हमरा जीवनमाइ एइको महत्व अच्याल भौत कम भयालै बेलिका दिन पितर पुर्खानले एइको उपयोग भौत गर्‍यो। खासमाइ एइको उपयोग भणेको बेलीका दिन हमरा पहाड़नतिर केइ विकाश नाइ थो, अच्यालका जसा पात्थरवला रे ठुल्ठुला लेन्टरवला घर नाइ हन्थ्या। उन दिनन गुल्जेला खर्क हन्थ्या रे तन् खर्कनको पाखो छाउनाइलेखा एइ छेत्तर्‍याको प्रयोग हन्थ्यो। खर्क छाउन्या बेला पल्लि धुरि बँसानमाइ डणेला रे भँटा बिछायो, उइ मथिमाइ छेत्तर्‍याका सिम्का बिछाउन्थ्या।उइमथिमाइ टाँटी रे बाब्यो मिसिबरे पात्थरकी बताल लयाइ गरिबरे गुल्जो फिजन्थ्या। इस्याँ छायाका खर्क बर्षौँ टिकद्या रे कतिब न्याला हन्थ्या। छेत्तर्याका सेटानले खर्क मात्रै नाइ रे  बर्खामाइ खेतो पर्‍यौनाइ लेखा बनायाको छानो ९गडा़नका चालनमाइ पक्रो धपौनाइलेखा बनाएको छोटो खर्क० छानाइलेखालै भौत निको हन्थ्यो।

    एइको झिक्क उपयोग त खर्कका फड्का ९दार० बनौनाइ गरिन्थ्यो। छेत्तर्‍या,टाँटी,बाब्यो रे सल्ल्या पिरौल मिसिबरे फिजोल्यो रे निङलानले बिच(बिचमाइ बादिबरे धुन्मुनिनाबठै बचौनाइलेखा बाब्याका डोरले न ति वडुवा रे भ्यौलका लोतनले गैछ्याइबरे न्यारोइ दार बनाइराख्न्थ्या। उन दिनन अच्यालका जसो प्रविधि नहुनाले खर्कनका दार इसैले बनौन्थ्या। इस्याँ बनाएका दारनलाई दार भण्णाहैले फड्का भण्या चलन बड़ि थ्यो रे ऐले अच्यालका सिमन्टेट घरनका चिरुवा रे फोड्वा दारनहैलै बड़ि न्यालो हन्थ्यो। बदलिनपैरयो बखतका अन्सार अच्याल एइको महत्व सबैलाई था नाइ थिन। हम अच्याल ल्यान्टरवला घर बनाइबरे प्लाइ रे तक्तानका दार प्यान्ट लगाइबरे जति टल्काइराख्दाउँ इनहै निको उन दिननका छेत्तर्‍या रे टाँटी बाब्याबठै बनायाका दार उइमाइलै भितरबठै आडो़ लौन्या कतिब रुबस लागिरन्थ्या। खर्कनका पखामाइलै रे झ्याल(म्वालनलै एकनस्ससाइ गुल्जाले  चिट्टा खाकी रङ्ङ हुनाले न्यारोइ डरेस लयाजसो धेकिन्थ्यो। एइ कुरडी़ सुण्याबरे कसै मान्सन अचम्म लागलो लेकिन एइको इतिहास हेद्दाइलेखा आँजीलै ग्वाल्लेक वनका फेदिमुनि रयाका बस्तिनका  पुरना दिननका  खर्क साँची छन। अच्याल यो छेत्तर्‍या झाड़ उजड्डो(उजड्डोइ गयाबरेलै बेलिका दिन पितरपुर्खानले आफुनी घोलिका छौना इसै झाड़नले छोयाका  खर्कनभितरी पाल्यो हो भण्या दुईमत नाइथिन। छेत्तर्‍या रे टाँटी बाब्याबठै बनायाका दारनलाई कुन्टि रे साङलो नाइ हन्थ्यो। दारका बिच्चैमाइ दुलो पाड़िबरे एक टुट्याउडो़ रसो छिराइबरे भितरबठै तेर्छो आडो़ लौन्या रे म्वालका इम्टा(उम्टाका बन्नानका आड़ले अड़िरन्थ्यो। एइका दारनले दरकुन्डाबठै भितर बयालोलै कम छिरन्थ्यो रे जाड़िलै नाइ हन्थी।
    यो झाड़ ठण्ण लेकतिर जेदा पाइन्छ। एइका पात बकरालै न्यारीभाँती चद्दान। उन दिनन विकाशका पुर्वाधार नहनाले अच्यालका जसा सिमेन्ट, पात्थर नहनाले पात्थर भयालै टडा़(टडा़का गाउँनबठै खेड़ि लगाइबरे ल्याउनु पड्या हनाले अच्यालका जसो काठपात चिद्या आधुनिक औजाररमसिन नहुनाले मान्स खर्कको पाखो रे दारको फड्को  बनौनाइ एइकी भौत तलास हन्थी।

     




    प्रतिक्रिया दिनुहोस