शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

डोट्याली लोकरामायणको परिचयात्मक उपस्थिति


बिहीबार , चैत १६ २०७९
  • 569
    Shares

  • images
    images
    डोट्याली लोकरामायणको परिचयात्मक उपस्थिति


    पूर्वीय काव्य परम्परामा रामायण एक महत्वपूर्ण काव्य हो । त्रेतायुगका आदर्श पुरुषोत्तम भगवान रामचन्द्रको जीवनलीलालाई आधार बनाएर रचना गरिएको रामायण सर्वप्रथम संस्कृतका आदिकवि वाल्मीकिद्वारा रचना गरिएको मानिन्छ । संस्कृत भाषामा रचना गरिएको वाल्मीकि रामायण पूर्वीय काव्य परम्पराको इतिहासमा धार्मिक, सांस्कृतिक, राजनैतिक ऐतिहासिक, सामाजिक, साहित्यिक आदि विविध दृष्टकोणले महत्वपूर्ण ग्रन्थको रूपमा स्थापित भएको छ । समयको आवश्यकता र विषयवस्तुको लोप्रियताका कारणले वर्तमान समयसम्म आइपुग्दा रामायण विश्वका विभिन्न भाषामा अनुवाद भइसकेको छ । रामायणले मौखिक र लिखित दुवै रूपमा विभिन्न भाषाका साहित्य र लोकसाहित्यमा प्रसिद्धि पाइसकेको छ । हिन्दुधर्म परम्परा तथा जनक नन्दिनी सीताको जन्मभूमि रहेको नेपाल त रामायणको  मुख्य क्षेत्र नै हो । 
     नेपालमा लिखित रुपमा भानुभक्तबाट रामायण लेखनको सुरुवात भए पनि मौखिक तथा लोक साहित्यका रुपमा धेरै पहिलेदेखि नै लोकजीवनको महत्वपूर्ण पक्षका रुपमा स्थापित भैसकेको थियो । यही लोक परम्परामा नेपालको सुदूरपश्चिम क्षेत्र (तत्कालीन डोटी राज्य) मा पनि रामायणको गहिरो प्रभाव परेको पाइन्छ । डोटेली वाङ्मय अन्तर्गत विभिन्न गाथाहरुमा रामायणको उपस्थिति पाइन्छ । यस क्षेत्रका फाग, सगुन, ढुस्को, धुमारी, माधुरी, हुड्केली लगायत थुप्रै गद्य तथा पद्यमा रामायणको कथावस्तु पाइन्छ । 
     यस क्षेत्रमा विशेष गरेर गौरा पर्वमा ठाडोखेलका रुपमा रामायणको गाथा गाउने प्रचलन रहेको पाइन्छ । त्यसै गरी चैत्रको महिनामा डोटेली लोक भारतमा पनि रामायण सम्बन्धी गाथाहरु गाउने गरिएको पाइन्छ । बालक जन्मिदा छैको अवसरमा पनि यस्ता लोकगाथाहरु गाउने गरिएको पाइन्छ ।  डोटेली भाषिक समुदायका महिलाहरुले गाउने भलौलोमा पनि रामायणको कथावस्तु पाइने गर्दछ ।  समग्रमा डोटेली लोक गाथाहरुमा रहेको रामायण सम्बन्धी कथावस्तुलाई नै डोटेली लोक रामायणका रुपमा लिनुपर्ने हुन्छ । 


  • सम्बन्धित विषय:

  • # रामायण


  • प्रतिक्रिया दिनुहोस