महेन्द्रनगर । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले मलेरीयाको उच्च जोखिम क्षेत्रमा विषादी छर्किने अभियान सुरु गरेको छ । सोमबारदेखी जिल्लाका उच्च जोखिम भएका क्षेत्रमा विषादी छर्किन लागेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरिक्षक सिद्धराज भट्टले जानकारी दिए । जिल्लामा मलेरीयाको उच्च जोखिम रहेको क्षेत्र भीमदत्त नगरपालिका वडा –१ र कृष्णपुर–५ मा विषादी छर्किन लागेको हो । “मध्यम जोखिम भएका क्षेत्रका झुल वितरण गरेका छौ ।” उनले भने–“सरकारको योजना अनुसार २०२५ सम्ममा जिल्लालाई मलेरिया शुन्यमा झार्ने लक्ष्य अनुसार काम भइरहेको छ ।” त्यसैगरी भीमदत्त नगरपालिका वडा –९,१० र बेदकोट नगरपालिकाको वडा–१,२ र ६ का सबै नागरिकहरुलाई झुल वितरण गरिएको छ ।
कञ्चनपुरका चालु आर्थिक वर्षमा २१ वटा मलेरीयाका विरामी फेला परेका छन ती मध्ये १६ जनामा बाहिर बाट आएका व्याक्तिमा संक्रमण देखिएको भट्टले बताए । जसमध्ये ६ जनामा कडा खाले मलेरीया देखिएको छ भने अन्य १४ जनामा कम कडा भएको मलेरीया देखिएको बताए । “जिल्लामा भारत तथा अन्य ठाउँबाट आउनेहरुमा बढीजसो मलेरीया देखिने गरेको छ ।” उनले भने–“पछिल्ला वर्षहरुको तथ्याङ्क हेर्दा जिल्लामा विरामीको संख्या घट्दै गएको छ ।” कञ्चनपुरमा हाल प्लाज्मोडियम विवक्स र प्लाज्मोडियम फाल्सिपेरम जातको बिरामी देखा परेका हुन ।
.gif)