मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

स्वास्थ्य विभागको टोलीद्धारा महाकाली अस्पतालको डायलसिस सेवा निरिक्षण


पश्चिम प्रेस
शुक्रबार, चैत २४ २०७९
  • 752
    Shares

  • images
    images
    स्वास्थ्य विभागको टोलीद्धारा महाकाली अस्पतालको डायलसिस सेवा निरिक्षण

    महेन्द्रनगर । स्वास्थ्य सेवा विभागको टोलीले कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालको डायलसिस सेवाको  निरिक्षण गरेकोे छ । स्वास्थ्य सेवा नर्सिङ सामाजिक सुरक्षा शाखाका प्रमुख डा.खगेश्वर गोलाल,सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा.जगदीश जोशी,वरिष्ठ कँसल्टेन्ट नेप्रोलोजीस्ट डा.जुजुराम श्रेष्ठ र नर्सिङ अधिकृत करुणा तिमिल्सीनाले सञ्चालनको तयारीमा रहेको डायलसिस सेवाको निरिक्षण गरेका हुन । 
     अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले अस्पताल प्रशासनले डायलसिस सेवा सञ्चालनका लागि भौतिक संरचना र जनशक्ति तयारी अवस्थामा राखेको अवस्थामा स्वास्थ्य सेवा विभागबाट अनुमतिका लागि निरिक्षण गरिएको बताए । “स्वास्थ्य सेवा र सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयबाट आएको टोलीले निरिक्षण गर्नुभएको छ ।” अध्यक्ष भट्टले भने–“शुक्रबारदेखी परिक्षणका रुपमा डायलसिस सेवा सुरु गर्ने गरि तयारीमा लागेका छौ ।” उनले डायलसिस सेवाका लागि आवश्यक जनशक्ति तयारी अवस्थामा रहेको बताए । 
     यसअघि बजेट अभाव र स्वास्थ्य सेवा विभागले डायलसिस सञ्चालनको अनुमति नदिदा सेवा सञ्चालन हुन सकेको थिएन । “ सेवा सुचारुका लागि सबै तयारी पुरा भएको अनुमति पाउन मात्रै बाकिँ हो ।” उनले भने–“तत्काललाई दुई सिफ्टमा सेवा सञ्चालन गर्ने गरी तयारीमा लागेका छौ ।”
     महाकाली प्रादेशीक अस्पतालका व्यवस्थापन समिति सदस्य ईन्द्र साउँदले बिहिबार विभागको टोलीले डायलसिस वार्डको निरिक्षण गरेको बताए । “विभागको टोलीले निरिक्षण गरेको छ तुरुन्तै सेवा सुचारु गर्ने तयारीमा अस्पताल व्यवस्थापन समिति छ ।” साउँदले भने–“शुक्रबार परिक्षण गरेर आगामी सातादेखी सेवा सुचारु हुनेछ ।” 


  • सम्बन्धित विषय:

  • # महाकाली अस्पताल
  • प्रतिक्रिया दिनुहोस