महेन्द्रनगर । पश्चिम प्रेस दैनिकले पहिलो स्थापना दिवस मनाएको छ । शुक्रबार महेन्द्रनगर स्थित होटेल ओपेरामा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति पा.डा.अम्मराज जोशीको प्रमुख आतिथ्यतामा प्रथम वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमको विशिष्ट अतिथिमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल,जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापा,सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डीन डा. टेकराज पन्त रहनु भएको थियो ।
