सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :
फुलमाया विवाद

‘अडियो मात्र सुन्दा नराम्रै लाग्छ, भिडियो सहित हेर्नुहोस्’ : प्रकाश सपुत  


मंगलबार, वैशाख ५ २०८०
  • 723
    Shares

  • images
    images
    ‘अडियो मात्र सुन्दा नराम्रै लाग्छ, भिडियो सहित हेर्नुहोस्’ : प्रकाश सपुत  

    महेन्द्रनगर । सामाजिक सञ्चालमा निकै भाइरल बनेको प्रकाश सपुतको नयाँ गीत ‘फुलमाया’ विवादित बन्दै गएको छ । गीत झन विवादित हुन थालेपछि प्रकाश सपुतले गीतका बारेका केही खुलाएका छन । 

    अहिले अमेरिकामा रहेका सपुतले एक कुराकानीमा आफ्नो गीतको अडियो मात्र सुन्दा कसैको अस्मिता र नैतिकता माथी प्रश्न गरेको सुनिएको तर भिडियो सहित हेर्दा त्यस्तो नदेखिएको बताएका छन । पारिजातको उपन्यास सिरिषको फुलमा पारिजातले निर्माण गरेकी सकम्बरी पात्रलाई एक बिकाउ बस्तु जस्तै देखाउँदा कता कता प्रकाश सपुतले सिरिषको फुल नपढे जस्तो लाग्छ । उपन्यासमा परिजातले निर्माण गरेकी पात्र सकम्बरी एक निडर, समाजका मूलय मान्यता विपरित चल्ने तत्कालिन समाजको विरोधि पात्र थिइन न की पैसाको अभावमा शरिर बेच्न बाध्य भएकी कमजोर र विवस नारी पात्र । 

    सेतोपाटीसँगको संवादमा उनले भने “गीतमात्र सुन्दा चाहिँ त्यस्तो लाग्छ । मैले सुरूमा अडिओ मात्र बनाउँदा यो एक पक्षीय भयो कि, साँच्चिकै यो त कसैको अस्मितामाथि, नैतिकतामाथि प्रश्न गरेको भयो कि भन्नेचाहिँ लागेको थियो ।” उनले गीतमा आफैं गायकको रूपमा प्रस्तुत भएको र त्यो पात्रमा कमजोर चेतना हालिदिएको साथै त्यो पात्रमा कमजोर नियत हालिदिएको कुरा बताए । उनि भन्छन, “सिर्जनाहरू नै विचाररहित बनाउनुर्पयो होइन भने विचारसहितको सिर्जना विवादरहित नहुने रहेछ भन्ने कुरा लामो अनुभवले सिकाइसकेको छ ।”

    गीतमा त्यो पात्र जसले आफैंबाट त्यो सकम्बरी वा फूलमायालाई एउटा खराब व्यवहारबाट सुरूआत गरेको थियो । सबैभन्दा पहिले उसैले फूलमायाको जवानीको दुरूपयोग गरेको थियो। अथवा उसले सहयोग गर्ने बहानामा, उसको सपना पूरा गरिदिने बहानामा उसलाई प्रयोग गरेको थियो। र उसैले पछि गएर प्रतिप्रश्न गरेको थियो। सायद त्यसमा उसको कमजोर मानसिकता, उसको कमजोर चेतना देखिन्छ। त्यो प्रश्न गर्ने व्यक्तिको चरित्र अथवा त्यो व्यक्तिको भूमिका हेर्नुभयो भने सम्भवत उसको चेतना नै त्यति हो । आफुले त्यो पात्र सहि बनाएकोमा आफुलाई कुनै दुविधा नभएको उनि बताउँछन । त्यो चाहिँ एउटा सर्जकले गरेको प्रश्नभन्दा पनि आफुले निर्माण गरेको पात्रले गरेको प्रश्न हो र त्यसरी नै बुझ्न उनले आग्रह गरेका छन ।

    एउटा सभ्य समाजको निर्माणको परिकल्पना लागिपरेका हामीले सकम्बरीको कथा मार्फत महिलाहरूको आत्मसम्मानको कुराहरू उठाएको उनले बताए । परिस्थितिले उसलाई त्यो बाटोमा हिँड्न बाध्य बनायो । ऊ विवश भई, सहरलाई यस्तै नै रहेछ भनेर बुझी। तर जब उसको बुझाइमाथि फेरि प्रश्न गर्न थालियो, ऊ जोजो मानिसहरूसँग ठोक्किँदै ठोक्किँदै त्यहाँसम्म पुगी र जब उसलाई फेरि तैंले गलत गरिरहेको छस् भनेर प्रश्न गरियो र अन्तमा उसले त्यस्तो गलत हो भने चाहिँ त्यो गलत गर्न प्रेरित गराउने सबै गलत हो भनेर आत्मसमीक्षा पनि गरेको छ। एउटा प्रश्न पनि गरेको धारणा उनले व्यक्त गरे । 

    हामीले अरूलाई पनि औंला उठाउनुपर्छ र आफ्नो आत्मसमीक्षा पनि गर्नुपर्छ। हामीले हिँडिरहेको बाटोमा भेटिएका मानिसहरू मात्रै गलत हुन कि हामीले हिँडिरहेको बाटो नै गलत हो भन्ने कुरा समीक्षा गर्नुपर्ने उनले बताए । यो राजनीतिमा हाम्रो समाजमा पनि जरूरी रहेको उनले बताए । त्यसमा त्यो पात्रले समाजका अनुसार ऊ हिँडिरहेको बाटो गलत हो भने त्यो बाटोमा हिँड्न प्रेरित गर्ने र त्यो बाटोमा भेटिएका मानिसहरू पनि त गलत हुन भन्ने समीक्षात्मक विचार पात्रले राखेको र आफुले पनि त्यही विचार राखेर गीत बनाएको उनले बताएका छन । फोटो प्रकाश सपुतको फेसबुकबाट 

     


  • सम्बन्धित विषय:

  • # फुलमाया विवाद


  • प्रतिक्रिया दिनुहोस