महेन्द्रनगर । देउडा गायक लालवहादुर धामीे ‘अछामी बड्डो’ को नयाँ गीत झरना रेल्न दे बजारमा आएको छ । गायक धामी र गायिका देवी घर्तीको आवाज रहेको उक्त गीत खप्तड डिजिटल म्युजिक प्रा.ली युटुब च्यानबाट सार्वजनीक गरिएको छ । गीतमा लालवहादुर धामीे ‘अछामी बड्डो’ र रुविना अधिकारीले अभिनय गरेका छन ।
‘अछामी बड्डो’ को नामले चर्चित उनले हालसम्म तीन सयको हाराहारीमा देउडा गीत बजारमा ल्याइसकेका छन । भने ५० भन्दा बढी गीत आफ्नै लगानीमा बजारमा ल्याएका छन । धामीले गाएका ‘डोटीकी छो¥याट्टी’, ‘बड्डो आयो डिजेमा’, ‘ओ मेरा मुसुरकी दाल’, ‘कैले तु छाउ हुदी’, यो अछामी बड्डो लगायत देउडा गीत निकै चर्चित छन् ।