‘द पोइट आइडल’ को अन्तिम प्रतिस्प्रधा आज शुक्रबार हुने भएको छ। नेपालकै पहिलो साहित्यमा आधारित रियालीटी शो को विजेता आजै घोषणा हुँदैछ। अन्तिम चार जना कविहरु आज पनि आफ्नो लागि भोट माग्न व्यस्त छन् भने उनीहरुका लागि स्थानीय र प्रभावशाली व्यक्तिहरु पनि मैदानमा उत्रिएका छन्।
रङ्गकर्मी कलाकार न्याथन रायन गृहजिल्ला कञ्चनपुरबाट हिजो विहीबारमात्रै फर्केका छन्। सुदूरपश्चिमका प्रभावशाली कलाकारदेखि प्रदेशका मुख्यमन्त्रीसम्म भेटघाट गरी समर्थन लिएपछि उनी काठमाण्डौँ फर्केका हुन्।
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले फशेबुकमा एक सन्देश शेयर गर्दै न्याथनलाई पोइट आइडल बनाउन अपिल गरेका छन्। यसैगरि माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता खगराज भट्टले समेत कलाकार न्याथनका लागि भोट मागेका छन्। न्याथनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई समेत भेटेर समर्थन लिएका छन् भने काठमाण्डौँ आएर परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर समर्थन लिएका छन्।
सामाजिक अभियन्ताको छवि बनाएका युवा केपी खनालदेखि रंगकर्मी कलाकारहरु न्याथनको पक्षमा उभिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पुकार बम र विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले त शुरुवाती दिनदेखिनै न्याथनका लागि मत माग्दै आएका थिए।
उसो त अरु अन्तिम प्रतिस्प्रधिका लागि पनि दलका नेता देखि प्रभावशाली व्यक्तिहरु खटिएका छन्। सिक्किमकी मिल्सन राईका लागि सिक्किम सरकारका मुख्यमन्त्री पिएस गोले र सम्पूर्ण सरकार नै खटिएको छ।
कार्यक्रममा न्याथनका अतिरिक्त दुई जना नेपाली भाषि भरतीय तथा १ जना अर्का नेपाली कलाकार प्रतिस्प्रधामा छन्। न्याथनसँगै अन्तिम ४ मा पल्लवि, निलम गुरुङ र मिल्सन राई विजेता बन्ने होडमा छन्। बिप्लव प्रतिक, अनुप बराल, उपेन्द्र सुब्बा तथा सुरक्षा पन्त निर्णायक रहेको कार्यक्रममा अन्तिम निर्णय भने नागरिकको मतबाटै हुनेछ।
.gif)