एक हुल बटुवाहरू बाटोभरि
आलोचनाका पर्चा फाल्दै हिडेकाछन ।
खुला सौच गर्न पल्केकाहरू
टिस्युपेपर ठानि झाडितिर लगिरहेछन।
बिहानै टोलटोलमा हकरहरू
यता गन्हायो उता कुहियो
समाचार बेच्दै हिडेकाछन ।
त्यसैले होला टिभिका एङ्करहरू
अनलाइनका न्युज पोर्टलहरू
निराशा बेचिरहेकाछन
चिया पसलको विजनेस बढेकोछ
बितृष्णाका मलहरूमा
चहलपहल बढेकोछ
साहुकारा स्ट्रीटको
रहलपहल चढेकोछ
मुनिमजीहरूको भ्याइनभ्याइ छ।
मोडेलहरु बेफुर्सदी भुमरीमा
अधोवस्त्र खुस्केको थाहै नपाई
विज्ञापनको चटारोमा छन।
त्यसैमा त इमान बिकेको छ
कुण्ठाले भरिएका माइक्रोफोनहरू
फेसबुकका वालहरू
एलसिडिका स्क्रिनहरू
लत्पतिएकाछन
अनि समाज उभो लागेको
नकारात्मकता बाँडिएकाछन् ।
.gif)