मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

चर्चामा रेल गाडी लेट भयो


पश्चिम प्रेस
बुधबार, वैशाख २० २०८०
  • 960
    Shares

  • images
    images
    चर्चामा रेल गाडी लेट भयो

    महेन्द्रनगर । दुई दिन अघि खप्तड डिजिटल म्युजिकबाट सार्वजनिक भएको देउडा गीत रेल गाडी लेट भयो यति बेला चर्चामा छ ।
     गीतकार राजेन्द्र शाह वीपीको लय शब्द र प्रकाश थापा,राजेन्द्र बाजुराली,पूर्णकला वीसी,सुनिता बुढा क्षेत्रीको स्वर रहेको उक्त गीत दर्शकमाझ चर्चाको घेरामा छ । महेन्द्रनगरमा छायाङ्कन गरिएको गीतले दुई दिनमा ६० हजार भ्युज पाएको छ । गीतका रचनाकार राजेन्द्र शाह वीपीले देउडा गीतमा केवल गीत मात्र नभइ, त्यसमा ईतिहास, सँस्कृती, सभ्यता, भुगोल र जनजीवन पनि हुने बताएका छन । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन –“बजारमा आएको हाम्रो “रेलगाडी लेट भयो“ गीतमा समावेस माथि उल्लेखित देउडाको अघिल्लो पंक्ती केवल अनुप्रास मिलाउनका लागि मात्र लेखिएको होइन, त्यसको विशेष ऐतिहासिक सन्दर्भ र भाव छ।” 
     उनले हाम्रा पिता पुर्खाले बस र जहाज भन्दा पैला रेल देखेको उल्लेख गरेका छन । “बस र जहाज भन्दा पैला रेल चढेका थिए। हाम्रा पितापुर्खाहरु टनकपुर, बरेली, पलिया, मैलानि, मथुरा लगायत ठाउँबाट रेलगाडी चढेर मुगलान, नैताल, लाहुर अथवा दिल्ली–बम्मैतिर गइ नौकरी गरेर घरपरिवार पालेका थिए।” सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन–“त्यसैले हाम्रो लोक जनजीवनमा, हाम्रो लोक सँस्कृतीमा र हाम्रा लोकगीतहरुमा “रेलगाडी“ अभिन्न रुपले जोडिएर आउँछ।” 


  • सम्बन्धित विषय:

  • # रेल गाडी लेट भयो
  • प्रतिक्रिया दिनुहोस