तिमीले भन्ने गरेको
सुदूरपश्चिम सोझो देखेर
लिम्पियाधुरा हेंपिदा
लिपुलेक चेपिदा
कालापानीमा विदेशी वुट बजारिँदा
तिमीलाई जति दुख्नुपर्ने हो,दुखेन
हिजो तिमीले असमान सन्धि गरेर
महाकाली सुम्पियौ सुदूरपश्चिम कै
सुदूरपश्चिम सहेर बसेन
तर तिमीले सुदूरको आवाज उठ्न दिएनौ
उल्टै जालझेल गरि टनकपुर सम्झौता गर्यौ
जमीन सुम्पियौ यहीँ सुदूरको
हेपेको हेपेइ गर्यौ
सुदूरले सधैं सहनै पर्ने
कुतियाकबर कालापानी मार्चले
नखुलेको तिम्रो निन्द्रा
सिमा क्षेत्रको पीडाले
नदुखेको तिम्रो मुटु
पुनर्वासको भूमि बचाउन
गोविन्द गौतमको शहादतले
नछोएको तिम्रो छाती
सुदूरपश्चिम विश्वविद्यालय खोल्न
सुदूरले आन्दोलनै गर्नुपर्ने
ठूलो मूल्य नचुकान्जेल
तिम्रो निन्द्रा खुल्दैखुल्दैन्
आफै तिमीले ,हो तिमीले
शहीद दशरथ चन्द
राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय
स्थापना गर्छु भनेर वाचा गरेको होइन
के तिमीले हेपेर भनेको
सुदूरपश्चिमको जनतालाई ललिपप बाँडेको रु
के सुदूरपश्चिम नेपाल होइन्
के सुदूरपश्चिम नेपालभित्र पर्दैन
कालापानी,पचुई, पुनर्वास,परासन
आदि इत्यादि ठाउँमा
सिमा मिचिएको छ
तिमीलाई त्यसले त छुदैछुन्न
ए निष्ठुरी !
सुदूरको जनताको स्वास्थ्यशीत खेलवाड नगर
के सुदूरपश्चिमले घरआँगनमै
हो आँगन मै डाक्टर पढ्न पाउनु पर्दैन
एकै जिल्लामा सय करोड दिन
ढुकुटीमा पैसा हुने
विज्ञान विश्वविद्यालय खोल्न नहुने
तुरुन्त स्थापना गर विश्वविद्यालय
जनआन्दालनको उभार हेर
कम नआँक ए शासक !
तुरुन्त स्थापना गर
स्थापना गर !
अब धेरै सहेर बस्न सक्दैन सुदूरपश्चिम
रमेश पन्त मितबन्धुको फेसबुकबाट
.gif)