महेन्द्रनगर । बैतडीमा सौताको हत्या आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
दोगडाकेदार गाउँपालिका २ की ५५ वर्षीया नारु महरालाई प्रहरीले पक्राउ गरेको हो । महरालाई उनकी सौता चन्द्रा महराको हत्याको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । चन्द्राका माइती पक्षले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
.gif)