महेन्द्रनगर । माइती नेपाल कञ्चनपुरले भारतको सिमलाबाट एक महिलाको उद्धार गरी महेन्द्रनगर पु¥याएको छ । सिमलामा स्याउ फार्म सञ्चालन गरिरहेका साहुको घरबाट माइती नेपालले भारतीय प्रहरीको सहयोगमा उद्धार गरेको हो । माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले महिलालाई ५० हजार भारतीय रुपैयाँमा महिलालाई कामदारका रुपमा बिक्री गरिएको बताइन । ती महिलालाई विवाह गर्ने प्रलोभनमा ललाईफकाइ भारत लगेको माइती नेपालले जनाएको छ ।
.gif)