महेन्द्रनगर । महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा पहिलोपटक दुरबिन प्रयोग गरी शल्यक्रिया गरिएको छ ।
अस्पतालमा दुरबिनबिधिबाट भीमदत्त नगरपालिका – १८ का २२ वर्षीया रामबती रानाको पित्तथैली को सफल सल्यक्रिया भएको छ । अस्पतालका चिकित्सक डा. जनार्दन जोशी र डा. निर्मल थापा नेतृत्वको समूहले उक्त शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । शल्यक्रिया गराएका रानाको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ। दुरबिनको प्रयोग गरेर शल्यक्रिया गर्दा पेटमा ठूलो घाउ पार्नु नपर्ने, यसबाट बिरामी छिट्टै निको हुने, घाउ पाक्ने जोखिम पनि कम हुने र समयका हिसाबले पनि छिटोछरितो हुने चिकित्सकहरु बताउँछन ।
शल्यक्रियामा डा. जनार्दन जोशी र डा. निर्मल थापा, डा. जेम्स थापामगर , डा. भावना भट्ट ,भावना शर्मा, रेनु पाठक लगायत ओटी टिमको सहभागीता थियो। नयाँ प्रविधि भएकाले यो पहिलो प्रयास जोखिमपूर्ण भएपनि यसको सुरुआतसँगै समान्य र जटिल सबै खालका शल्यक्रियामा सहयोगी बन्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन ।
.gif)