दार्चुला । कैलाली र कञ्चनपुरपछि अब दार्चुलामा पनि आखाँ पाक्ने रोगको सङ्क्रमण बढ्दै गएको छ । नेपाल नेत्रज्योति संघको दार्चुला आँखा उपचार केन्द्रमा अहिले दैनिक रूपमा बिरामीहरू यो समस्या लिएर उपचारका लागि आउन थालेको आँखा उपचार केन्द्र दार्चुलाले जनाएको छ ।
सीमावर्ती भेगमा आँखा पाक्ने संक्रमण फैलिरहेको छ । जिल्ला सदरमुकामको खलंगा बजार भारतीय बजारसित सीमा जोडिएको हुनाले दिनहुँ सयौंको संख्यामा नेपाल–भारत आवतजावत हुने हॅुँदा संक्रमण तीव्र रूपमा फैलिँदै गएको छ । सबै उमेर समूहका मानिसहरूमा आँखामा संक्रमण रहेको चिकित्सकहरू बताउँछन् ।
केहि दिनयता जिल्लामा आँखामा लाग्ने कन्जक्टिभाइटिस नामक भाइरल रोगको संक्रमण फैलिएको चिकित्सकहरुले बताए । रोगको संक्रमण फैलिएपछि आँखा उपचार केन्द्र तथा मेडिकल क्लिनिकहरूमा आँखाका बिरामीहरूको भीड बढेको छ ।
.gif)