बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

लघुकथा ‘भ्रमित कमाल’


शुक्रबार, साउन २६ २०८०
  • 672
    Shares

  • images
    images
    लघुकथा ‘भ्रमित कमाल’

    एक जना जजमानले तिथिको बारेमा बुझ्न खोज्दा ज्योतिषी बाले यसपालि हातका अैांला समेत भाँच्दै नभाँची पूर्णिमाको दिनमा अैांसी हो भनिदिएछन् । जजमानले पल्लाघरे बाहुन त पूर्णिमा भन्दै थिए त ? भनेर प्रश्न तेर्स्याए छन् । " उ बाहुन बडो जान्ने हुन्छ, ज्योतिषी उ हो कि म हो ?" ज्योतिषी बाकाे पारो सन्किएछ । " ज्योतिषी त हजुर नि " जजमानले इमानदारीपूर्वक जवाफ फर्काएछ । यस्तै यस्तै कुराकानी पश्चात् जजमान आफ्नो बाटो लागे ज्योतिष बाहुन आफ्नो बाटो।

    " मुखबाट फुत्किहालेछ के गर्ने ? " घर पुगेपछि ज्योतिष बालाई तनाव भएछ । अैांसी मुखबाट फुत्किए पछि जिद्दी बाहुनको बोली बन्दुकको गोली झैँ फिर्ता नहुने , गल्ती स्वीकार गर्ने त बानी नै छैन बरु गल्तीलाई पनि सत्य साबित गर्न जेसुकै हतकण्डा गर्नुपरे पनि गरी हाल्ने उनको पुर्ख्यौली परम्परा । अरू कुरा भए त आलटाल झारफुक गरेर भए पनि मिलाउन सकिन्थ्यो तर कुरो पर्याे पकृति विरुद्धको । ज्योतिष बा साेचमग्न परे । ज्योतिष बाकाे फर्मान आइसकेपछि उता जजमान भने अैांसी नै हो भन्ने कुरामा ढुक्क भए पनि पल्लाघरे बाहुनले पूर्णिमा किन भने हाेलान् भनेर कहिलेकाहीँ भने सोच्ने गरिरहन्थ्याे।

    ज्योतिषी बा मनोविज्ञान पनि राम्रोसँग बुझ्ने मान्छे । उनले टाउको कन्याइ कन्याइ पूर्णिमालाई अैांसी बनाउने उपाय निकालेछन् । उपाय अनुसार पूर्णिमा पर्ने दिन जजमानलाई आफ्नो घर आँगनमा बोलावट भयो । जजमान आदेश बमोजिम हाजिर भएछन् । साँझ पर्न लाग्दा ज्योतिष बाले काँसको थाली ल्याएछन् । जजमानलाई ज्ञानगुनका कुरामा मक्ख पार्दापार्दै थाली उडाएर उदाउँदो चन्द्रमाको प्रकाश छेकेर अँध्यारो पारिदिएछन्, जसको सुइँकोसम्म जजमानले थाहा पाएनछ । ज्योतिषी बाले जुँगा मुसार्दै जजमानलाई भनेछन् " देख्नु भो त चन्द्रमा ? मैले ठिकै भनेको थिइन् र अैांसी हो भनेको , त्यो बाहुन साँचो कि म साँचो ?"

    मितबन्धु


  • सम्बन्धित विषय:

  • # लघुकथा


  • प्रतिक्रिया दिनुहोस