बुधबार, असोज १० गते २०८० || Sep 27, 2023
images
images

बिगबोस ओटीटी सिजन २ को उपाधि युट्युबर एल्भिस यादवलाई


पश्चिम प्रेस
मंगलबार, साउन ३० २०८०
  • 339
    Shares

  • images
    images
    बिगबोस ओटीटी सिजन २ को उपाधि युट्युबर एल्भिस यादवलाई
    images
    images
    images
    images

    एजेन्सी । बिग बोस ओटीटी सिजन २ को उपाधि युट्युबर एल्भिस यादवले हात पारेका छन् ।  जित हासिल गर्न सक्ने प्रारम्भिक अनुमानबीच उनले यो चर्चित भारतीय रियालिटी शोको उपाधि हात पारेका हुन् ।

    प्रारम्भदेखि नै बलिया प्रतिस्पर्धी रहेको एल्भीसका अर्का प्रतिस्पर्धी अभिषेक मल्हान उपविजेता बने । जितसँगै एल्भिसले ट्रफीसहित २५ लाख भारु पुरस्कार प्राप्त गरेका छन् । उनी बिगबोसको घरमा वाइल्ड कार्डको रुपमा प्रवेश गरेका थिए । 

    उनले एकपटक होस्ट सलमान खानले उनलाई गालीसमेत गरेका थिए । तर यसले उनको फ्यान फलोइङमा कुनै असर पारेन । यसबाट बरु उनलाई धेरै फाइदा पुग्यो । बिगबोस चलिरहँदा उनको स्वास्थ्य खराब बनेको थियो । जसकारण उनलाई अस्पताल भर्ना गर्नुपरेको बताइन्छ । फिनाले सुरु हुँदा उनी शोमा देखिएनन् तर उनले पछि बिगबोसको हाउसमा इन्ट्री लिए ।

    images

    एल्भिस र अभिषेक दुवै युट्युबका चर्चित अनुहार हुन् । कार्यक्रममा उनीहरुको मित्रता समेत देखियो । सेकेण्ड रनरअपमा बिहारकी मनिषा रानी तेस्रो घोषित भइन् ।


  • सम्बन्धित विषय:

  • # बिगबोस ओटीटी सिजन २
  • प्रतिक्रिया दिनुहोस