सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

भारतबाट दार्चुलामा खसेको शंकास्पद वस्तु केहो ? सुरक्षा निकाय बेखबर


पश्चिम प्रेस
शनिबार, माघ २९ २०७८
  • 1.1K
    Shares

  • images
    images
    भारतबाट दार्चुलामा खसेको शंकास्पद वस्तु केहो ? सुरक्षा निकाय बेखबर

    महेन्द्रनगर । दार्चुलामा बिहिबार राती आकाशबाट विद्युतीय यन्त्रजडित बेलुन खसेको छ । तर यसबारे नेपालको सुरक्षा निकाय भने बेखबर देखिएको छ । तीन वटा ब्याट्री जडान गरिएको विद्युतीय यन्त्र जस्तो देखिने बेलुन विद्युतीय पोलमा ठोक्किएर खसेपछि हेर्दा भारतीय मोबाइल नम्बर लेखिएको ब्याट्री जडित डिभाइस पाइएको हो ।
    उक्त वस्तुभित्र मेमोरी कार्ड जस्ता प्लेटहरू, तीन वटा ब्याट्री जडान गरिएको छ । उत्तराखण्ड प्रदेशको राजधानी देहरादुनस्थित भारतीय मौसम विज्ञान विभागले वायुमण्डलको डाटा संकलनका लागि बेलुन बाँधेर उक्त डिभाइस उडाउने गरेको बताइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भोला वहादुर रावलले यसबारे आफुलाई कुनै जानकारी नभएको बताए । 
    जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक माधव विश्वकर्माले उक्त वस्तु शंकास्पद भन्दा पनि खेलौना भएको बताए । “हामी यसबारे विस्तृत बुझ्दै छौ ।” उनले भने ।


    प्रतिक्रिया दिनुहोस