बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

अस्ट्रेलियाको सिड्नीमा पनि गौरा पर्वको रौनक


पश्चिम प्रेस
बुधबार, भदौ ६ २०८०
  • 813
    Shares

  • images
    images
    अस्ट्रेलियाको सिड्नीमा पनि गौरा पर्वको रौनक

    महेन्द्रनगर । सुदूरपश्चिमेलीहरूको महान् चाड गौरा पर्व रौनक  सुदूरपश्चिम लगायत देश तथा विदेशमा छाएको छ । यसै बिच सुदूरपश्चिम समाज अस्ट्रेलियाले सिड्नीमा गौरा पर्व मनाउने भएको छ ।

    सुदूरपश्चिम समाज अस्ट्रेलियाका अध्यक्ष मोहन भट्टका अनुसार सिड्नीको अल्ला वाह पार्कमा भोली भदौ ७ गते गौरा पर्व मनाइने भएको हो । उनका अनुसार गौरा पर्व सुदूरपश्चिम कै लोक परम्परा अनुसार मनाइने छ । गौरा पर्व अस्ट्रेलियन समय अनुसार बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने कार्यक्रम संयोजक नवीन भट्टले बताए । 

    साथै सिड्नी वरपर बस्ने सुदूरपश्चिमेली लगायत समपुर्ण नेपालीहरुलाई गौरा पर्वमा उपस्थित हुन अनुरोध गरिएको छ । सुदूरपश्चिमको लोक संस्कृति र मान्यतालाई लोप हुन नदिन सुदूरपश्चिम समाज अस्ट्रेलिया विगतदेखि नै गौरा पर्व लगायतका पर्व अष्ट्रेलिमा मनाउँदै आएको छ ।

    भोली सिड्नीमा मनाइने गौरा पर्वको प्रत्यक्ष प्रशारण पश्चिम प्रेसको फेसबुक र युट्युब च्यानलमार्फत हुनेछ ।


  • सम्बन्धित विषय:

  • # गौरा पर्व
  • प्रतिक्रिया दिनुहोस