बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिमका केही ठाउँमा गौरा पर्व : आज ‘नानी गौरा’ मनाइँदै


पश्चिम प्रेस
मंगलबार, भदौ १९ २०८०
  • 1.3K
    Shares

  • images
    images
    सुदूरपश्चिमका केही ठाउँमा गौरा पर्व : आज ‘नानी गौरा’ मनाइँदै

    महेन्द्रनगर । भदौ ७ गते गौरा नमनाएका ठाउँहरुमा अहिले गौरा पर्वको रौनक छ । भाद्र शुक्ल वा कृष्ण पक्षमा मात्रै गौरा पर्व हुने भन्दै कतिपय ठाउँमा हिजोदेखि गौरा पर्व शुरु भएको छ । कतिपय ठाउँमा भने भदौ ७ गते गौरा पर्व मनाइसकिएको छ । 

    गौरा पर्व मनाइने ठाउँमा आज विशेष दिन ‘नानी गौरा’ भनिन्छ । महिलाहरूले बिरुडा नामक विशेष सजावटलाई खोला र पोखरीमा धुने चलन छ । साउँ, तिल, अपामार्ग लगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ती बनाई नजिकका पानीका मूहान, धारा तथा तलाउमा लगेर गौरादेवीको पूजाआजा गर्ने गरिन्छ ।

    बिरुडापञ्चमीका दिन भिजाएका बिरुडालाई आज नजिकका धारा,तलाउमा लगेर धुने चलन रही आएको छ । बिरुडाले नै गौरादेवीको पूजाआजा गर्ने चलन रही आएको छ ।

    गौराको समयमा विभिन्न ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी,चैत लगायत देउडा समेत खेलेर रमाइलो गर्ने गरिन्छ । 

    यो बर्ष अगस्ती उदयका बिषयमा ज्योतिषहरुबीच विवाद भएपछि दुई गौरा भएका छन् । अगस्ती उदयको दोष लाग्ने भन्दै कतिपय ठाउँमा भदौ ७ गते श्रावण शुक्ल पक्षमा नै गौरा मनाइसकिएको छ । तर गौरा भाद्र कृष्ण वा शुक्ल पक्षमा मात्रै पर्ने मत राख्दै आएका ज्योतिषहरुको तर्क र स्थानीय परम्परा अनुसार गौरा एकादशी र जनैपूर्णिमा पछि मात्रै गौरा मनाउनुपर्ने भन्दै कतिपय ठाउँमा हिजोदेखि मात्रै गौरा पर्व शुरु भएको छ । 



  • सम्बन्धित विषय:

  • # गौरा पर्व
  • प्रतिक्रिया दिनुहोस